क्षणभरमै खरानी भयो वरभन्ज्याङ

क्षणभरमै खरानी भयो वरभन्ज्याङ

फिदिम : ग्रामीण बजारको रूपमा विकसित भइरहेको पाँचथरको फालेलुङ गाउँपालिका–६ वरभन्ज्याङ क्षणभरमै खरानी भएको छ। बुधबार राति करिब १० बजेदेखि सुरु भएको आगलागीबाट तीन घरसहित आधा दर्जन पसल जलेर खरानी भएका हुन्। 

आगलागीबाट तीन घरमा व्यापार व्यवसाय गर्दै आएका आठ परिवारसमेत विस्थापित भएका छन्। जितबहादुर मेयोङ्बा, रामजीत राई र मनबहादुर राईको घर जलेर घरानी भएका हुन्। उक्त घरमा व्यवसाय गर्दै आएका धनप्रसाद राई, महेन्द्र राई, सुरेन्द्र राई, कृष्ण राई र धर्मराज केरुङसमेत विस्थापित भएका छन्। उनीहरूको पसल र व्यवसायसमेत जलेको स्थानीय सुकबहादुर मेयोङबाले बताए। जीतबहादुरको घरबाट रातको करिब १० बजेबाट आगलागी सुरु भएको थियो। उनको घरमा सञ्चालित दूध डेरी, किराना पसल र नेपाली कांग्रेस फालेलुङ ६ को कार्यालय खरानी भएका हुन्। आगलागी हुँदा ५७ लाखको क्षति भएको प्रहरीको भनाइ छ।

यसैगरी, रामजीतको घर जल्दा ४० लाखको क्षति भएको र मनबहादुरको घर खरानी हुँदा २० लाखको क्षति भएको प्रहरीको अनुमान छ। उक्त घरमा सञ्चालित आईएमई मनी ट्रान्सफरसहित छ लाख नगद र १० लाख बराबरको जुत्ता पसल, दुई तोला सुन, धनप्रसाद राईको किराना पसल र छ थान कम्प्युटर गरी २१ लाखको क्षति भएको अनुमान छ। सुरेन्द्र राईको घर जल्दा २० लाखको क्षति भएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.