चोरीका क्यामरासहित दुईजना पक्राउ

चोरीका क्यामरासहित दुईजना पक्राउ

गुलरिया : प्रहरीले चोरीका क्यामरासहित २ जनालाई नियन्त्रणमा लिएको छ। बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ७ तिलकाना स्थित कमलनाथ सुवेदीको घरबाट क्यामरासहितका सामान चोरीको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो।

प्रहरीले चोरीको जानकारीपश्चात् गरेको खोजविनका क्रममा बाँसगढी नगरपालिका वडा नम्बर ८ ककौरा निवासी १९ वर्षीय दिपेश पौडेल र वडा नम्वर ४ का १९ वर्षीय निरज कार्कीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले बताए। पीडित सुवेदीको घरमा कोही नभएको मौका छोपी दिउँसै मध्यान्हमा सामान चोरी भएको थियो।

उनीहरुको साथबाट क्यानोन ७०० डी क्यामेरा १ थान, सोही क्यामेराको ७०–३०० एमएम लेन्स १ थान, १८–५५ लेन्स १ थान, क्यानोन लेखिएको झोला १ थान, ब्याट्री पावर ब्यांक १ थान, शामसुंग जे २ मोबाइल १ थान बरामद भएको उनले जानकारी दिए। बरामदी सामाग्रीसहित उनीहरुलाई पक्राउ गरी चोरी सम्बन्धी कसुरमा अनुसन्धान भैरहेको डीएसपी शाहीले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.