कजाकिस्तानमा रेल यातायात पूर्ण सञ्चालनमा

कजाकिस्तानमा रेल यातायात पूर्ण सञ्चालनमा

नुर-सुल्तान : कजाकिस्तानले नागरिक अशान्तिले अवरुद्ध भएको यात्रु रेल यातायात पूर्ण रूपमा सञ्चालन गरेको स्पुतनिक कजाकिस्तानका एक संवाददाताले कजाकिस्तानको राष्ट्रिय रेलवे कम्पनी टेमिर झोली (के टि जेट) लाई उद्धृत गर्दै जनाएका छन्।

के टि जेट ले इन्टरनेटको पहुँच बिना टिकटहरू किन्नको लागि डिजिटल प्लेटफर्म पनि खोलेको छ। झानोजेन र अक्ताउका बासिन्दाहरूले तरल पेट्रोलियम ग्यासको मूल्यमा दुई गुणा वृद्धिको विरोध गरेपछि कजाकिस्तानमा व्यापक विरोध प्रदर्शन बएको थियो। त्यसपछि विरोध प्रदर्शन अन्य शहरहरूमा फैलियो जसको परिणामस्वरूप हिंसात्मक झडप, लुटपाट र तोडफोड भयो।

राष्ट्रपति कासिम-जोमार्ट तोकायेभले जनवरी १९ सम्म आपतकालीन अवस्थाको घोषणा गरेर स्थिति नियन्त्रणमा ल्याउन सामूहिक सुरक्षा सन्धि संगठन (CSTO) शान्ति सेनालाई आमन्त्रित गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.