स्थानीय चिनारीसहितको पाठ्यपुस्तक

स्थानीय चिनारीसहितको पाठ्यपुस्तक

गुलरिया : बर्दियाको बारबर्दिया नगरपालिकाकाले शैक्षिक क्षेत्रमा फट्को मार्दै छ । स्थानीय निःशुल्क अनिवार्य आधारभूत शिक्षा सुनिश्चितता गरेको पालिकाले स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक सँगालो बारबर्दिया गौरव सार्वजनिक गर्दै दश वर्षीय शैक्षिक गुरुयोजना अघि सारेको छ ।

शैक्षिक प्रतिवद्धता, गुणस्तरिय शिक्षा मार्फत सुख, शान्ति र आत्मनिर्भरताको लक्ष्य लिँदै शैक्षिक क्षेत्रको विकासमा अघि सरेको बारबर्दिया नगरपालिकाले थारु समुदायहरुमा देखिएको सिकलसेल एनिमिया रोगका बारेमा पाठ्यक्रम लागूगरी पठन पाठनसमेत सुरु गरिसकेको छ। पालिकाले ०७८ देखि ०८८ सम्म १० वर्षे अवधिका लागि पालिकाको शैक्षिक सुधार रणनैतिक गुरुयोजनासहितको कार्ययोजना निर्माण गरेको बारबर्दिया नगरपालिकाका नगरप्रमुख दुर्गाबहादुर थारुले बताए। स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक मार्फत पठनपाठन गराउने बारबर्दिया नगरपालिका लुम्बिनी प्रदेशमै पहिलो भएको छ।

सर्वोपरी विकासको लागि शिक्षा क्षेत्रको अहम भूमिका रहेकाले शैक्षिक विकासमा लगानी गर्न लागेका छौं। नगरका विद्यालयहरुमा १,२,३ र ६ कक्षामा पढाईने स्थानीय पाठ्यपुस्तक सँगालो ‘बारबर्दिया गौरव’ तथा शिक्षक डायरी सार्वजनिक गरी कार्यान्वयनमा ल्याउने तयारी भैरहेको छ । पुस्तकमा नगरको चिनारी, संस्कार, संस्कृति, स्थानीय पेशा, व्यवसाय, पर्यटन लगायत आर्थिक क्रियाकलाप सम्बन्धी उपयोगी सिप समेटिएका छन् । उनले भने पुस्तक मानव मूल्यमा आधारित छ ।

वालवालिकालाई दिईने शिक्षा जीवनोपयोगी हुनुपर्छ । पढाईको रटान लगाएर मात्र हुँदैन । गुणस्तरिय शिक्षा बिनाको ज्ञान अपूरै हुन्छ । हामीले पालिका भित्र सबैको हित हुने शिक्षा लागू गर्न चाहान्छौ । नगरलाई पूर्ण साक्षर बनाउने तयारी भैरहेको छ । थारुले थपे अभिभावकविहिन वालवालिकाको अभिभावकत्व नगरले बहन गर्ने हाम्रो कार्यक्रम छ । खाजा कार्यक्रमलाई पनि ८ कक्षासम्म विस्तार गर्ने तयारीमा छौं । पुस्तक तयार गर्न सहयोग गर्ने अभिभावक, शिक्षक लगायत नगरशिक्षा शाखाका सम्पूर्ण टिमहरुलाई उनले धन्यवाद दिए ।

लुम्विनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले भर्चुअल माध्यमबाट पाठ्यपुस्तक विमोचनगर्दै भने नगरको शैक्षिक प्रगतिका लागि पुस्तक बहुउपयोगी हुन्छ । बहुलजाती, भाषा, धर्म, कला, साँस्कृतियुक्त बारबर्दिया नगरले शैक्षिक क्षेत्रमा फट्को मार्ने विश्वास उनको छ । शैक्षिक गुरुयोजनालाई दीगोरुपमा अघि बढाउन पालिकाको सकारात्मक सोच हुनुपर्छ । शिक्षाले व्यक्तीलाई मात्र नभई पालिका लगायत राष्ट्रलाई नै सही मार्गमा डोहोर्याउने भएकाले यसक्षेत्रको विकासमा सबैको चाँसो उत्तिकै हुनुपर्नेमा मुख्यमन्त्री केसीको जोड छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.