देशलाई सार्थक गन्तव्यमा पुर्याउन जनताले हस्तक्षेप गर्नुपर्छ : महामन्त्री शर्मा

देशलाई सार्थक गन्तव्यमा पुर्याउन जनताले हस्तक्षेप गर्नुपर्छ : महामन्त्री शर्मा

फिदिम : नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशलाई सार्थक गन्तव्यमा पुर्याउन नेपाली जनताले हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने बताएका छन् । नेपाली काँग्रेस फालेलुङ गाँउपालिकाले पाँचथरको थोक्लिम्बामा आयोजना गरेको सभालाई सम्बोधन गर्दै शर्माले राजनीतिक दललाई निर्वाचनमा जिताउने र हाराउने पक्षमा मात्र नभएर देशलाई निकास दिनका लागि जनताको अभिमत जाहेर हुनुपर्ने बताएका हुन् । ‘विगतमा हराउने र जिताउनेमा मात्र हाम्रो भूमिका रहेको छ,’ शर्माले भने ‘अब त्यतिले मात्र पुग्दैन । देशलाई निकास दिनका लागि भूमिका खेल्नुपर्छ ।’ देशलाई निकास दिन काँग्रेस मात्र सक्षम भएको शर्माको दाबी थियो । 

मुलुकलाई निकास दिन भन्दै जनताले कम्युनिष्टलाई दुईतिहाई मत दिए तर जनताको अभिमतलाई लत्याएर कम्युष्टहरु अघि बढेको शर्माको आरोप थियो । नेपाली काँग्रेसलाई लगातार तीन ओटा निर्वाचन जिताए देशको काँचुली फेरीने उनको दाबी थियो । 

‘देश र जनताले अहिले काँग्रेसलाई खोजिरहेका छन्,’ शर्माले भने ‘लगातार तीन पटक काँग्रेसलाई जिताएको खण्डमा समृद्ध देश बन्न सक्छ ।’ सभालाई सम्बोधन गर्दै शर्माले नेकपा माओवादीले गलत समयमा गलतढंगले बन्दुक उठाएको आरोप लगाए । माओवादीको बन्दुककै कारण देश विकासको गतिमा पछि परेको शर्माको ठहर थियो । ‘नेपाली युवाको हातमा माओवादीले बन्दुक थमाएपछि बाध्य भएर काँग्रेसले पासपोर्ट थमाएको हो,’ उनले भने ‘बन्दुक बोकेका युवाहरुको जीवन अहिले लथालिंग छ तर, पासपोर्ट बोकेर बिदेशिएको युवकले उद्यम गरेको छ ।’

काँग्रेसको नीतिका कारण अहिले ग्रामिण क्षेत्रसम्म स्वास्थ्य सेवा पुगेको शर्माको तर्क छ । काँग्रेसकै कारण गाँउगाँउमा स्वास्थ्यचौकी पुगेको उनले दावी गरे । सरकारको मूल्यांकन सडक, पानी र बिजुली जस्ता भौतिक विकासलाई हेरेर मात्र गर्नु नहुने शर्माले बताए । ‘सरकारको मूल्यांकलन हरेक नागरिकको जीवनसँग पनि जोडेर हेर्नुपर्छ,’ उनले भने ‘कोरोना महामारीको बेला यो सरकारले हरेक नागरिकको जीवन बचाउन खोप अभियान चलाएको छ ।’ नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकार चलाएको पालामा हजारौँ नागरिकले महामारीबाट ज्यान गुमाएको उनको भनाई थियो । 

काँग्रेस सहमहामन्त्री भिष्मराज आङ्देम्बेले सभालाई सम्बोधन गर्दै कम्युष्टिका अन्तिम प्रधानमन्त्री केपी ओली भएको ठोकुवा गरे । ‘कम्युनिष्टहरुको बदमासिबाट जनताहरु वाक्क भईसकेका छन्,’ उनले भने ‘अब कुनै पनि कम्युनिष्टका नेताहरुले प्रधानमन्त्री हुने हैसियत राख्दैनन् ।’ काँग्रेस जिम्मेवार पाटी भएकाले जिम्मेवार ढंगले अघि बढेको उनको भनाई थियो । कम्युनिष्टहरुलाई बहर गोरुको संकेत गर्दै उनले भने ‘काँग्रेसले अहिले बहरहरुलाई दाउने काम गरिरहेको छ ।’

काँग्रेस पाँचथरका निवर्तमान सभापति नरेन्द्रकुमार केरुङले मुलुकलाई निकास दिन काँग्रेस नभई नहुने बताए । सभालाई पाँचथर सभापती रुपनारायण जबेगु, फालेलुङ गाँउपालिका अध्यक्ष सञ्चकुमार केरुङ, उपाध्यक्ष हीमा अधिकारी लगायतले सम्बोधन गरेका थिए । फालेलुङ सभापति बिरबिक्र थाम्सुहाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अन्य दलका चार दर्जन कार्यकर्ताले पार्टी प्रवेश गरेका थिए । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.