एमाले झापा अध्यक्षमा कार्की निर्विरोध

एमाले झापा अध्यक्षमा कार्की निर्विरोध

झापा : नेकपा एमाले झापाको अध्यक्षमा दीपक कार्की निर्विरोध निर्वाचित भएका छन् । संविधानसभा सदस्य कार्की यसअघि एमाले झापाको उपाध्यक्ष थिए ।

दशौँ जिल्ला अधिवेशनबाट कार्कीले एमाले अध्यक्ष केपीशर्मा ओलीको गृह जिल्ला झापामा पार्टीको भावी कार्यकालका लागि नेतृत्व गर्ने अवसर प्राप्त गरेका हुन् । झापाको पश्चिमी गौरादह नगरका बासिन्दा कार्की लामो समयदेखि एमालेको राजनीतिमा सक्रिय छन् ।   

अधिवेशनबाट अध्यक्षमा कार्कीसहित सबै पदाधिकारी सर्वसम्मत चुनिएका छन् । उपाध्यक्षमा प्रेम गिरी, सचिवमा शिव ढुंगेल, दुई उपसचिवमा असारु राजवंशी र चन्द्रा श्रेष्ठ निर्विरोध भएको जनाइएको छ । उपाध्यक्षमा उमेद्वारी दर्ता गरेका प्रदेश सांसद गोपाल बुढाथोकीले मनोनयन फिर्ता लिएपछि गिरीका लागि बाटो खुलेको हो ।

उपसचिवमा रेनुका डाँगीको नाम चर्चामा ल्याइए पनि मापदण्डमा नपरेका कारण उम्मेद्वार बन्ने उनको बाटो यो कार्यकालका लागि बन्द भएको छ । १५० सदस्यीय जिल्ला कमिटीमा चार सयभन्दा बढीले उम्मेद्वारी दर्ता गराएका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.