साउदी राजकुमारी जेलबाट रिहा
दुवई : साउदी अरेवियाकी राजकुमारी बसमा सौद जेलबाट रिहा भएकी छिन् । बिना कारण जेल परेकी उनी झण्डै तीन वर्षपछि रिहा भएकी हुन् ।
राजकुमारी सौद सन् २०१९ मार्चमा पक्राउ परेकी थिइन् । चिकिस्ता उपचारका लागि साउदीबाट स्विजरल्याण्ड उड्न लागेको बेला पक्राउ परेकी राजकुमारीलाई बिना अपराध उच्च सुरक्षासहितको जेलमा थुनिएको समर्थकहरुले बताएका छन् ।
यद्यपि कतिपयले संवैधानिक सुधार र मानविय सहायताको मुद्धामा राजकुमारी जेल परेको हुन सक्ने अनुमान गरेका छन् ।
५७ वर्षीया राजकुमारी बसमाले गएको अप्रिलमा साउदीका राजा सलमान र क्राउन राजकुमार मोहम्मेद विन सलमानसमक्ष आफूले कुनै अपराध नगरेको भन्दै जेलबाट रिहा हुन माफी मागेकी थिइन् ।