नाइजेरियामा डाँकुहरुको आक्रमणबाट २ सय बढीको मृत्यु

नाइजेरियामा डाँकुहरुको आक्रमणबाट २ सय बढीको मृत्यु

आबुजा : उत्तर पश्चिम नाइजेरियाको एक गाउँमा शसस्त्र डाकुँहरुको आक्रमणबाट कम्तीमा २ सयभन्दा बढी स्थानीयको मृत्यु भएको छ । उत्तर पश्चिीमी राज्य जाम्फारामा शसस्त्र डाँकुहरुले गरेको प्रतिसोधको आक्रमणमापरी सो संख्यामा स्थानीयहरुको मृत्यु भएको हो । 

सो घटना जाम्फाराका विभिन्न १० वटा गाउँमा भएको र कुर्फा दान्या गाउँ सबैभन्दाबढी प्रभावित बनेको बताइएको छ । हतियारधारी समूहविरुद्ध त्यहाँको सुरक्षाकर्मीले अपरेसन थालेको र सो अपरेसनको प्रतिसोधमा हतियारधारी डाँकुहरुको समूहले आक्रमण गरेको बताइएको छ । करिब ३ सयको संख्यामा गाउँ पसेका हतियारधारी समूहको आक्रमणमापरी सोमबारदेखि बिहिबार रातीसम्म सो संख्यामा गाउँलेहरु मारिएको स्थानीय अधिकारीहरुले अन्र्तराष्ट्रिय मिडियासँग बताएका छन् । 

आक्रमणमापरी मारिएकाहरुलाई सामूहिक चिहानमा गाडिएको त्यहाँका सामुदायिक नेतृत्वकर्ता बलाराबे अल्हाजीले बताएका छन् । सो आक्रमणमापरी मारिएकाहरुको सेनाले थप खोजी गरिरहेको बताइएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.