डुङ्गामाथि ढुंगा खस्दा ब्राजिलमा ७ को मृत्यु

डुङ्गामाथि ढुंगा खस्दा ब्राजिलमा ७ को मृत्यु

ब्राजिलिया : ब्राजिलको एक तालमा रोकिराखेको डुङ्गामाथि ढुङ्गा खस्दा कम्तीमा सात जनाको मृत्यु भएको छ भने अन्य ३२ जना घाइते भएका छन् । दक्षिणपूर्वी ब्राजिलको मिनास गिरेइसप्रान्तमा अवस्थित तालमा सो दुर्घटना भएको हो । 

सो दुर्घटना स्थानीय समयअनुसार ११ बजे भएको हो । डुङ्गामाथि भीरबाट ढुङ्गाको भाग खस्दा तीनवटा डुङ्गामा लागेको थियो भने यात्रु भएको डुङ्गा डुबेको थियो । जसका कारण सात जनाको घटनास्थलमै मुत्यु भएको थियो भने ३२ मानिस घाइते भएको त्यहाँका अधिकारीहरुले बताएका छन् । 

घाइतेमध्ये ९ जनाको उपचार भइरहेको र अन्य १२ मानिस हराइरहेको बताइएको छ । हराइरहेकाहरुको गोताखोर र हेलिकोप्टरमार्फत खोजी भइरहेको स्थानीय मिडियामा खबर छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.