भारतको तामिलनाडुमा पूर्ण लकडाउन

भारतको तामिलनाडुमा पूर्ण लकडाउन

चेन्नाईः भारतको दक्षिणी राज्य तामिलनाडुमा पूर्ण लकडाउन सुरु भएको छ। पछिल्लो समय देखा परेको कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन नियन्त्रणका लागि सो राज्यमा आइतबारदेखि पूर्ण लकडाउन सुरु भएको हो। 

कोभिड-१९ नियन्त्रण एवं रोकथामका लागि तामिलनाडु सरकारले लकडाउनको निर्णय गरेको हो। लकडाउन सुरु भएपछि तामिलनाडुका चेन्नाईलगायत मुख्य सहर सुनसान बनेको बताइएको छ। लकडाउनसँगै सहरका मुख्य चोक र गल्लीहरुमा ठूलो संख्यामा प्रहरी र सुरक्षाकर्मी खटाइएको बताइएको छ। 

लकडाउनपछि विहे, ब्रतबन्ध र महत्वपूर्ण कार्यक्रममा हिडेकाहरुले मात्रा यात्रा गर्न पाउने र महत्वपूर्ण कार्यक्रममा बढीमा १ सय मानिसमात्र उपस्थित हुन पाउने बताइएको छ। त्यहाँका किराना पसल, पेट्रोल पम्प र अन्य अत्यावश्यक सामग्रीका पसलहरु सिमित समयमा मात्र खोल्न पाइने हिन्दुस्तान टाइम्समा खबर छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.