एमाले रुपन्देहीमा केसी सर्वसम्मत निर्वाचित
भैरहवा : नेकपा (एमाले) रुपन्देहीको अध्यक्षमा तेजेन्द्र केसी सर्वसम्मत निर्वाचित भएका छन् । जिल्लाको भैरहवामा सम्पन्न नवौँ जिल्ला अधिवेशनबाट अध्यक्षका प्रत्याशी पुरुषोत्तम घिमिरेले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएपछि केसी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।
त्यस्तै एमाले रुपन्देहीको उपाध्यक्षमा जगेश्वरी देवी चौधरी, सचिवमा यज्ञ गैरे सर्वसम्मत निर्वाचित भएका छन् । सचिवका उम्मेदवार लुइटेलले उम्मेदवारी फिर्ता लिएपछि गैरे निर्विरोध भएका हुन् ।
उपसचिवको दुई पदमा सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्की र क्षेत्र नम्बर ३ संयोजक हितराज पन्थी निर्वाचित भएका छन् ।
पदाधिकारीको टुंगो लागेपनि सदस्य पदमा भने सहमति जुटाउने प्रयास जारी रहेको एमाले नेता चोपलाल आचार्यले बताए ।