कोरोना संक्रमण बढेपछि गड्डाचौकी नाकामा मन्त्री र सीडीओको अनुगमन
महेन्द्रनगर : सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्का र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डेय लगायतको टोलीले कञ्चनपुरको गड्डाचौकी नाकामा स्थलगत अवलोकन गरेका छन् ।
गड्डाचौकी नाका भएर भारतबाट आउनेहरुमा दैनिक कोरोना संक्रमण बढ्न थालेपछि सामाजिक विकास मन्त्री लालबहादुर खड्का, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डे, प्रहरी प्रमुख उमाप्रसाद चर्तुवेदी र जिल्ला स्वास्थ्य कार्यालयको टोलीले गड्डाचौकी नाकाको अवस्था र नेपाली सेनाले निमार्ण गरिरहेको होल्डीङ्ग सेन्टरको अवस्थाको बारेमा जानकारी लिएका छन ।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले सुदूरपश्चिम प्रदेश कोरोनाको उच्च जोखिममा रहेकाले सबै निकायलाई तयारी अवस्थामा बस्न निर्देशन दिएको बताए । उनले सुदूरपश्चिम प्रदेशसंग जोडिएका सबै सिमानाकामा कोरोना परिक्षण र खोप नलगाएकाहरुलाई खोप लगाउने काम भइरहेको बताए ।
त्यसैगरी कञ्चनपुरमा निमार्ण भइरहेको १ हजार क्षमताको होल्डीङ्ग सेन्टर सञ्चालनका लागि समेत तयारी भइरहेको उनले बताए । “होल्डीङ्ग सेन्टरको व्यवस्थापनका लागि कर्मचारी व्यवस्थापन देखि अन्य तयारीमा हामी जुटेका छौ ।” उनले भने–“बीरामीको उपचारको लागि समेत महाकाली अस्पताल र धनगढीको सेती अस्पतालमा व्यवस्था मिलाएका छौ ।”
त्यसैगरी प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयले कञ्चनपुरमा कोरोना संक्रमण बढ्न थालेपछि सर्तकता सिमाक्षेत्रमा कडाईका साथ सर्तकता अपनाइएको बताए । उनले स्थानीय तहहरुलाई सबैलाई खोप लगाउनेर स्वास्थ्यका मापदण्ड पालना गर्न भनेको र होल्डीङ्ग सेन्टर व्यवस्थापनको लागि छलफल भइरहेको बताए ।
संघिय सरकारले नेपाली सेना मातहत भीमदत्त नगरपालिका–१८ शालघारीमा १ हजार क्षमताको होल्डीङ्ग सेन्टर निमार्ण अन्तिम चरणमा पुगाएको छ ।
होल्डिीङ्ग सेन्टरको काम ९० प्रतिशत सकिएको निमार्ण कम्पनीले जनाएको छ । निमार्ण कम्पनीका लक्ष्मण सापकोटाले ३ सय बेड तत्काल सञ्चालन गर्न मिल्ले गरी तयारी अवस्थामा रहेको बताए ।