प्रतिशोध साँध्न डाँकुहरुले गरे दुई सय बढी गाउँलेको हत्या

प्रतिशोध साँध्न डाँकुहरुले गरे दुई सय बढी गाउँलेको हत्या

आबुजाः उत्तर पश्चिम नाइजेरियाको एक गाउँमा सशस्त्र डाकुहरुको आक्रमणबाट कम्तीमा २ सय स्थानीयको मृत्यु भएको छ। उत्तर पश्चिमी राज्य जाम्फारामा सशस्त्र डाकुहरुले गरेको प्रतिशोधको आक्रमणमा परी सो संख्यामा स्थानीयहरुको मृत्यु भएको हो।

सो घटना जाम्फाराका विभिन्न १० वटा गाउँमा भएको र कुर्फा दान्या गाउँ सबैभन्दा बढी प्रभावित बनेको बताइएको छ। हतियारधारी समूहविरुद्ध त्यहाँको सुरक्षाकर्मीले अपरेसन थालेको र सो अपरेसनको प्रतिसोधमा हतियारधारी डाकुहरुको समूहले आक्रमण गरेको बताइएको छ।

करिब ३ सयको संख्यामा गाउँ पसेका हतियारधारी समुहको आक्रमणमा परि सोमबारदेखि बिहीबार रातिसम्म सो संख्यामा गाउँलेहरु मारिएको स्थानिय अधिकारीहरुले अन्तर्राष्ट्रिय मिडियासँग बताएका छन्।

आक्रमणमा परी मारिएकाहरुलाई सामूहिक चिहानमा गाडिएको त्यहाँका सामुदायिक नेतृत्वकर्ता बलाराबे अल्हाजीले बताएका छन्। सो आक्रमणमा परी मारिएकाहरुको सेनाले थप खोजी गरिरहेको बताइएको छ।

चीनको एक सहरमा करोड बढी मानिसको कोरोना परीक्षण गरिदै

तियान्जिनः चिनिया सहर तियान्जिनमा सामूहिक कोरोना परीक्षण सुरु भएको छ। सो सहरका करिब १ करोड ४० लाख मानिसको आइतबारदेखि सामुहिक कोरोना परीक्षण सुरु भएको हो।

बालबालिकासहित २० जनामा कोभिड १९ परीक्षण पोजिटिभ देखिएपछि शहरका सबै बासिन्दाको सामुहिक कोरोना परीक्षण गर्न लागिएको अधिकारीहरुले बताएका छन्।

आइतबार सुरु गरिने सो परीक्षण दुई दिनभित्रमै सम्पन्न गरिने अन्तर्राष्ट्रिय मिडियामा खबर छ। सो परीक्षण सामुदायिक तहमा गरिन लागेको र स्थानियवासीलाई आफु बसेको स्थान नछोड्न स्थानिय सरकारले निर्देशन दिएको बताइएको छ।

कोभिड-१९ नियन्त्रण र आगामी महिना हुने शीतकालिन बेइजिङ ओलम्पिक्स खेलकुदका लागि चीनले शुन्य कोभिड निति अपनाएको छ।

उत्तर कोरियाका पूर्व सैनिकलाई ग्रामिण खेती मजदुरीमा खटाइयो

प्योङयाङः उत्तर कोरियाका पुर्व सैनिकलाई ग्रामिण भेगको खेतीपाती मजदुरीमा खटाइएको छ। सरकारले ग्रामिण कृषि उत्पादन बढाउन र ग्रामिण प्रान्तमा सहयोग प्रदान गर्ने रणनीतिअन्तर्गत पूर्व सैनिकलाई सो कार्यमा खटाइएको हो।

पूर्व सैनिकहरुलाई निशुल्क कृषि उत्पादनका लागि सरकारले ग्रामिण भेगमा खटाएको रेडियो फ्रि एसिया (आरएफए) मा खबर छ। सेनाको जागिर छोडेर ग्रामिण भेगमा कृषि मजुदर भएर काम गर्नुपर्दा पूर्व सेनाहरु असन्तुष्ट रहेको स्रोतले आरएफएसँग बताएको छ।

प्लस टुसम्मको अध्ययनपछि हरेक उत्तर कोरियाली पुरुषले करिब सात वर्षसम्म सेनामा भर्ती भएर देशको सेवा गर्नुपर्छ। तर हाल उत्तर कोरियाली सरकारले पदबाट बर्खास्त गरेका सेनाहरुले करिब १० वर्षसम्म सेनामा रही सेवा गरेको र तिनै सेनाहरुलाई ग्रामिण एवं विकट क्षेत्रको कृषि उत्पादनमा खटाइएको आरएफएले जनाएको छ। हालः सरकारले करिब ४ सयको संख्यामा पुर्व सेनालाई सो कार्यमा खटाएको स्रोतले आरएफएसँग बताएको छ।

तिब्बती भिक्षु र स्थानयहरु बुद्धको मुर्ती विनाश गरिएको हेर्न बाध्य

ड्रागोः तिब्बती भिक्षु र स्थानियवासीहरु बुद्धको मुर्ती विनाश गरेको हेर्न बाध्य भएका छन्। उनीहरु सिचुआन प्रान्तस्थित बुद्धको विशाल मुर्ती चीन सरकारले भत्काएको हेर्न बाध्य भएका हुन्।

स्याटेलाइट तस्विरले देखाएअनुसार सिचुआन प्रान्तमा अवस्थित बुद्धको विशाल मुर्ती चीन सरकारले गत महिना भत्काएको थियो। ड्रागोमा अवस्थ्ति करिब ९९ फिट अग्लो ऐतिहासिक सो मुर्ती चिनियाँ अधिकारीहरुले भत्काउँदा आफुहरुलाई भने टुलुटुलु हेर्न बाध्य पारिएको तिब्वती भिक्षु र स्थानियवासीले बताएका छन्।

तिब्बती स्रोतले अन्तर्राष्ट्रिय मिडियासँग बताएअनुसार चिनियाँ अधिकारीहरुले करिब ९ दिन समय लगाएर सो मुर्ति भत्काएका थिए। सो मुर्ती सन् २०१५ मा करिब ६.३ मिलियन डलर लागतमा तिब्बतका स्थानियहरुले निर्माण गरेका थिए।

बिआरआई पहलबारे छलफल गर्न चिनियाँ विदेशमन्त्री श्रीलंकाको भ्रमणमा

कोलम्बोः चिनियाँ विदेशमन्त्री वाङ यी श्रीलंकाको भ्रमणमा रहेका छन्। बेल्ट एण्ड रोड पहल (बिआरआई)बारे छलफल गर्न विदेशमन्त्री वाङ यी आइतबार श्रीलंकाको भ्रमणमा रहेका हुन्।

शनिबार माल्दिभ्सबाट श्रीलंका पुगेका वाङले आइतबार विआरई पहलबारे श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्रीसँग छलफल गर्नेछन्।

देशले आर्थिक संकटको सामना गरिरहेको बेला चिनियाँ विदेशमन्त्री श्रींलकाको भ्रमणमा रहि विआरआई पहल र अन्य कुटनैतिक छलफल गर्नुलाई विश्लेषकहरुले चासोका रुपमा हेरेको बताइएको छ।

फ्रान्स, जर्मनी र टालीमा कोरोना खोपविरुद्ध लाखौ मानिसको र्‍याली

पेरिसः पश्चिम युरोपका विभिन्न मुलुकहरुमा कोभिड-१९ खोपविरुद्ध लाखौं नागरिकले र्‍याली प्रदर्शन गरेका छन्। फ्रान्स, जर्मनी, इटाली र अष्ट्रियाका लाखौ नागरिकले खोपसम्बन्धी सरकारको योजनाविरुद्ध र्‍याली प्रदर्शन गरेका हुन्।

फ्रान्समा मात्र करिब १ लाखभन्दा बढि मानिसले प्रदर्शन गरेको अन्तर्राष्ट्रिय मिडियामा खबर छ। कोभिड-१९ को खोप नलगाइएका नागरिकविरुद्ध प्रतिबन्ध लगाउने सरकारको योजनाको विरोधमा विभिन्न मुलुकका लाखौ नागरिकहरुले मास्कविना नै र्‍याली गरिरहेको बताइएको छ।

प्रदर्शनकारीहरुले ‘सत्य’, ‘स्वतन्त्रता’ र ‘भ्याक्सि पास मनाहि’ लेखिएका प्ले कार्ड बोकेर प्रदर्शन गरेको बताइएको छ। कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन तिब्र रुपमा फैलिएसँगै पछिल्लो समय युरोप र अमेरिका लगायत मुलुकले नयाँ प्रतिबन्ध लागू गरेको छ।

डुंगामाथि ढुंगा खस्दा ब्राजिलमा ७ को मृत्यु

ब्राजिलियाः ब्राजिलको एक तालमा रोकिराखेको डुङ्गामाथि ढुङ्गा खस्दा कम्तीमा सात जनाको मृत्यु भएको छ भने अन्य ३२ मानिस घाइते भएका छन्। दक्षिणपुर्वी ब्राजिलको मिनास गिरेइस प्रान्तमा अवस्थित तालमा सो दुर्घटना भएको हो।

सो दुर्घटना स्थानिय समयअनुसार ११ बजे भएको हो। डुङ्गामाथि भीरबाट ढुङ्गाको भाग खस्दा तीनवटा डुङ्गामा लागेको थियो भने यात्रु भएको डुङ्गा डुवेको थियो। जसका कारण सात जनाको घटनास्थलमै मुत्यु भएको थियो भने ३२ मानिस घाइते भएको त्यहाँका अधिकारीहरुले बताएका छन्।

घाइतेमध्ये ९ जनाको उपचार भइरहेको र अन्य १२ मानिस हराइरहेको बताइएको छ। हराइरहेकाहरुको गोताखोर र हेलिकोप्टरमार्फत खोजी भइरहेको स्थानिय मिडियामा खबर छ।

साउदी राजकुमारी जेलबाट रिहा

दुबईः साउदी अरेवियाकी राजकुमारी बसमा सौद जेलबाट रिहा भएकी छन्। विना कारण जेल परेकी उनी झण्डै तीन वर्षपछि रिहा भएकी हुन्।

राजकुमारी सौद सन् २०१९ मार्चमा पक्राउ परेकी थिइन्। चिकिस्ता उपचारका लागि साउदीबाट स्विजरल्याण्ड उड्न लागेको बेला पक्राउ परेकी राजकुमारीलाई विना अपराध उच्च सुरक्षासहितको जेलमा थुनिएको समर्थकहरुले बताएका छन्। यद्यपि, कतिपयले संवैधानिक सुधार र मानविय सहायताको मुद्दामा राजकुमारी जेल परेको हुन सक्ने अनुमान गरेका छन्। 

५७ वर्षीया राजकुमारी बसमाले गएको अप्रिलमा साउदीका राजा सलमान र क्राउन राजकुमार मोहम्मेद विन सलमानसमक्ष आफुले कुनै अपराध नगरेको भन्दै जेलबाट रिहा हुन माफी मागेकी थिइन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.