टिपरको ठक्करबाट दाजुको मृत्यु, खाना पकाएर कुरिरहेकी थिइन् कौशिल्या

टिपरको ठक्करबाट दाजुको मृत्यु, खाना पकाएर कुरिरहेकी थिइन् कौशिल्या

काठमाडौं : ‘दाईको जन्मदिन आउनै लागेको थियो। जन्मदिन मनाउन घरमा जान्छु भन्थ्यो दाई। अब कहिल्यै नफर्कने गरी गयो। अब हाम्रो कोही छैन। मैले नजानु दाई भनेकै थिए। शनिबार हो साथीहरुसँग जान्छु भनेर बिहानै हिडेको।’ बझाङ फलरा घर भै काठमाडौं भैसेपाटी बस्ने कोशिल्या विष्ट आइतबार महानगरीय प्रहरी वृत कालीमाटी परिसरमा भेटिँदा उभिन सकिरहेकी थिइनन्। परिसरमा नयाँ बनेको भवनको भुइतल्लामा उनी दाजु सम्झीएर निकै बेर भक्कानीइन्।

उनी भन्दै थिइन्, ‘मलाई केही थाहा थिएन, परीक्षा राम्रो भएकाले खुसि हुँदै कोठा फर्किएकी थिए। दाईलाई मनपर्छ भनेर मासु पकाएर राखेकी थिए। दाई आउँछ र सँगै खाना खाउँला भन्दै। मलाई कसले पढाँउछ ? मेरो कोही छैन अब।’

शनिबार राती १० बजे काठमाडौं कलङी चोकमा बा ४ ख ६८४३ नम्बरको टिपरले बा २ ब ५४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दियो। बल्खुबाट कलङी जाँदै गरेको मोटरसाइकललाई थानकोटबाट कालीमाटीतर्फ जाँदै गरेको टिपरले कलङी चोकमा ठक्कर दिएको थियो। ठक्करबाट मोटरसाइकल चालक बझाङ चैनपुर घर भै ललितपुर धोबीघाट बस्ने निखिल बम गम्भीर घाइते भएका छन्। भ्याली अस्पताल सुन्धारामा उनको उपचार भैरहेको छ।

मोटरसाइकलमा पछाडि बस्ने बझाङ फलरा घर भै हाल भैसेपाटी बस्ने २४ वर्षीय बसन्त विष्टको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका विष्टको उपचारका क्रममा शहिद मेमोरीयल अस्पतालमा राती नै मृत्यु भएको हो।
बसन्तको आमा धनगढीमा पसल चलाउँछिन्। बुवा रोजगारीको शिलशिलामा भारतमा छन्। दाजु बैनी काठमाडौंमा पढ्दै थिए। बैनी डिएभी कलेजमा ११ कक्षाको परीक्षा दिँदैछन्। बसन्त शंकरदेव क्याम्पसमा स्नातकमा पढ्दै थिए। सँगसँगै नेबीको कम्पनीमा मार्केटिङ गर्दे थिए। बसन्तकै कमाइकै भरमा जसोतसो दाजुबहिनी काठमाडौंमा टिकिरहेका थिए।

के भन्छन् साथी ?
प्रहरी परिसरमा भेटिए धनगढीका भरत ऐर। बसन्त र निखीलका मिल्ने साथी। जो हिजो दिनभर बसन्त र निखिल सँगै थिए। राती ९ बजे मात्रै किर्तिपुरमा सँगै खाना खाएर छुटेका।निकै भावविह्वल अवस्थामा भेटिएका भरतलाई थाहा थिएन्, हिजोको भेट नै बसन्तसँगको अन्तिम भेट हुनेछ भनेर। उनी भन्दै थिए, 'काठमाण्डौमा नै केही विजनेस शुरु गर्न चाहन्थ्यो बसन्त। बझाङबाट ६ वर्ष अघि मैले नै काठमाडौं बोलाएको हुँ। निकै इमान्दार बसन्त सबैसँग मिल्ने मिलनसार थिए। काम सिक्दै पढ्दै थियो। 

बसन्त, निखिल सहित हामी ४ जना मिलेर हिजो दिनभर घुम्न निस्किएका थियौँ। सिंगल ट्रि, स्वयम्भु, हुदै खाजा खान किर्तिपुर पुगेका थियौ। हिजो खिचेका सिंगल तथा सामुहिक फोटाहरु स्क्रोल गरेर सकेकै छैन मैले। अहिले बसन्त छैन भनेर कसरी पत्याउने ? मसँग एकजना साथी भएकाले निखिल र बसन्त अर्को बाइकमा गएका थिए। राती मेरो रुममा नै बस्ने सल्लाह थियो। हिजोको रात सपनाजस्तो लागिरहेछ। म कोठा पुगेर राती उसलाई फोन गर्दा दुर्घटना भैसकेको रहेछ। म कतिबेला अस्पताल पुगे थाहै छैन।

निखिल राम्रो बाइक चलाउथ्यो। स्पिडमा आएको टिपरले जानीजानी ठक्कर दिएको हुनुपर्छ। पछाडीबाट हानेको छ बाइकलाई। टिपर आतंकले गर्दा अहिले रातीमा सडकमा हिँड्नै नसक्ने अवस्था छ। टिपरको स्पिड कन्ट्रोल गर्नुपर्देन ? रातभर पनि भिडभाड हुने कलङ्की जस्तो चोकमा प्रहरीसमेत देखिदैन। ट्राफिक लाइट समेत छैन। सरकारको लापरबाहीको कारण बसन्तको परिवार उजाडियो। घाइते निखिल कहिले ठिक हुनेहुन् भन्न सकिन्न। थाहा छैन यहि भिडमा हामी कहिले मिचिने हौ ? कहिले सकिने हो ?

दुर्घटना बढ्यो
पछिल्लो समय कलङ्की क्षेत्रमा दुर्घटना बढ्दो छ। तीन दिन अघि मात्रै कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा धादिङकी सोफिया श्रेष्ठको मृत्यु भएको थियो। अघिल्लो महिना पनि भाटभटेनी अगाडि बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको थियो।

महानगरीय प्रहरी परिसर कालीमाटीका डीएसपी अनिलकुमार घिमिरेले शनिबार रातीको दुर्घटना पुष्टि गरे। मोटरसाइकल चोकमा पुग्दा पुग्दै पछाडीबाट आएको टिपरले ठक्कर दिएको हो।  उनले भने ‘दुर्घटना कसरी कतिबेला हुन्छ भन्ने सकिन्न ? सकभर कम गर्ने र रोक्ने कोसिस गरेकै छौँ। बल्खु चोक तथा कलंकीमा पनि चेकजाँच हुने गरेको छ। सडक राम्रो भयो। सवारीको स्पिड बढ्न थाल्यो यसले गर्दा दुर्घटना बढ्यो। सवारी चालक आफैँ जिम्मेवार नहुँदासम्म दुर्घटना कम गर्न सकिन्न। ’ टिपरसहित चालक चन्द्रविर तामाङ प्रहरी नियन्त्रणमा रहेको घिमिरेले जानकारी दिए


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.