उत्तर कोरियाका पूर्व सैनिकलाई कृषि मजदुरीमा खटाइयो

उत्तर कोरियाका पूर्व सैनिकलाई कृषि मजदुरीमा खटाइयो

प्योङयाङ : उत्तर कोरियाका पूर्व सैनिकलाई ग्रामीण भेगको खेतीपाती मजदुरीमा खटाइएको छ। सरकारले ग्रामीण कृषि उत्पादन बढाउन र ग्रामीण प्रान्तमा सहयोग प्रदान गर्ने रणनितिअन्तरगत पूर्व सैनिकलाई सो कार्यमा खटाइएको हो। 

पूर्व सैनिकहरुलाई निशुल्क कृषि उत्पादनका लागि सरकारले ग्रामीण भेगमा खटाएको रेडियो फ्रि एसिया (आरएफए) मा खबर छ। सेनाको जागिर छोडेर ग्रामीण भेगमा कृषि मजुदर भएर काम गर्नुपर्दा पुर्व सेनाहरु असन्तुष्ट रहेको स्रोतले आरएफएसँग बताएको छ। 

प्लस टुसम्मको अध्ययनपछि हरेक उत्तर कोरियाली पुरुषले करिब सात वर्षसम्म सेनामा भर्ती भएर देशको सेवा गर्नुपर्छ। तर हाल उत्तर कोरियाली सरकारले पदबाट बर्खास्त गरेका सेनाहरुले करिब १० वर्षसम्म सेनामा रहि सेवा गरेको र तिनै सेनाहरुलाई ग्रामीण एवम् विकट क्षेत्रको कृषि उत्पादनमा खटाइएको आरएफएले जनाएको छ। हाल सरकारले करिब ४ सयको संख्यामा पुर्व सेनालाई सो कार्यमा खटाएको स्रोतले आरएफएसँग बताएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.