चीनमा शैक्षिक कारबाहीपछि एक संस्थाले शिक्षकसहित ६० हजार कर्मचारी हटायो

चीनमा शैक्षिक कारबाहीपछि  एक संस्थाले शिक्षकसहित ६० हजार कर्मचारी हटायो

बेइजिङ : चीनको निजी शैक्षिक संस्था न्यु ओरिएन्टलले शिक्षकसहित आफ्ना ६० हजार कर्मचारीलाई पदबाट हटाएको छ । चीन सरकारले देशका निजी शैक्षिक उद्योगलाई कानुनी दायरामा ल्याएसँगै ओरियन्टलले सो संख्यामा आफ्ना कर्मचारीलाई पदबाट हटाएको हो ।

न्यु ओरियन्टल सन् १९९३ मा स्थापना भएको हो । सो संस्थाका संस्थापक यु मिनहोङ हुन् । करिब ५४ हजार शिक्षकसहित विगतमा करिब १ लाख ५ हजार भन्दा बढी कर्मचारी सो संस्थामा कार्यरत रहेको वेवसाइटमा उल्लेख छ ।

सो संस्थाको आधिकारिक सामाजिक सञ्जाल माध्यम विच्याट अकाउन्टमार्फत न्यु ओरियन्टलले हालै आफ्ना ६० हजार कर्मचारी हटाएको जानकारी दिएको छ । चीन सरकारले गत वर्ष निजी ट्युसन संस्थालाई नियमन गर्ने भन्दै अधिकांश नाफामुखी संस्था बन्द गराएको थियो । त्यसपछि चीन सरकारले नयाँ पाठ्यक्रम विकास र शैक्षिक नियम परिमार्जन गरेको थियो ।

जसका कारण सो संख्यामा आफ्ना कर्मचारी हटाउनु परेको संस्थापक मिनहोङले सीएनए न्युजसँग बताएका छन् । न्यु ओरियन्टल चीनको निजी क्षेत्रको सबैभन्दा ठूलो शैक्षिक संस्था हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.