दोस्रो विश्व युद्धमा सैनिकले आमालाई पठाएको चिठ्ठी ७६ वर्षपछि प्राप्त

दोस्रो विश्व युद्धमा सैनिकले आमालाई पठाएको चिठ्ठी ७६ वर्षपछि प्राप्त

पिटसवर्ग : दोस्रो विश्व युद्धको समयमा अमेरिकी सैनिकले पठाएको एक पत्र करिब ७६ वर्षपछि प्राप्त भएको छ । अमेरिकी सैनिकले जर्मनीबाट म्यासाचुसेत्समा रहेकी आफ्नी आमालाई पठाएको पत्र करिब ७६ वर्षपछि प्राप्त भएको हो ।

दोस्रो विश्व युद्ध अन्त्यको क्रममा २२ वर्षीय आर्मी सर्जेन्ट जोन गोन्साल्भ्सले सन् १९४५ डिसेम्बरमा हुलाकमार्फत आफ्नी आमालाई चिठ्ठी पठाएका थिए । सो चिठ्ठी पिटसवर्गस्थित अमेरिकी हुलाक सेवा कार्यालयमा फेला परेको र बुधबार मात्र आर्मीको परिवारले सो पत्र प्राप्त गरेको डब्ल्युएफएक्सटी टीभीमा रिपोर्ट उल्लेख छ ।

सो रिपोर्टअनुसार सो पत्र ७५ वर्षसम्म नखोलिएको बताइएको छ । सो पत्रमार्फत आफू सञ्चै भएको र चाँडै भेट्ने बाचा गरेको बताइएको छ । चिठ्ठी पठाउने आर्मी गोन्स्लेभ्सको भने सन् २०१५ मा निधन भएको बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.