भारतका रक्षामन्त्री सिंहलाई कोरोना संक्रमण
नयाँ दिल्ली: भारतका रक्षा मन्त्री राजनाथ सिंह कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्। सामान्य लक्षण देखिएको र शंका लागेकाले कोरोना परीक्षण गर्दा सोमबार उनमा सङ्क्रमण पुष्टि भएको अधिकारीहरुले जनाएका छन्।
सङ्क्रमण पुष्टि भएपछि उनी घरमै आइसोलेसनमा बसेको रक्षा मन्त्रीको सचिवालयले जनाएको छ। 'मलाई आज कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ, सामान्य लक्षण पनि देखिएको छ, त्यसैले म अहिले घरमै एकान्तबासमा रहेको छु,' सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्।
रक्षा मन्त्री सिंहले हालै आफूसँग सम्पर्कमा रहेकाहरुलाई सेल्फ आइसोलेसनमा बस्न र कोरोना परीक्षण गराउन अनुरोध पनि गरेका छन्।