पृृथ्वी जयन्तीकाे दिन विदुरमा विदा

पृृथ्वी जयन्तीकाे दिन विदुरमा विदा

नुवाकोट : पृथ्वी जयन्तीको अवसरमा मंगलबार नुवाकोटको विदुरमा विदा दिइएको छ । पृथ्वी जयन्तीका अवसरमा यही पुस २७ गते नुवाकोटको विदुर नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

विदुर नगरपालिकाले नगरपालिका मातहतका सवै कार्यालय तथा संरचना एक दिन बन्द रहने जनाएको हो । पृथ्वी नारायण शाहले १८०१ सालमा नुवाकोटवाटै नेपाल एकिकरणको सुरुवात गरेका थिए । 

आधुनिक नेपालका राष्ट्रनिर्माता तत्कालीन राजा पृथ्वीनारायण शाहको योगदानलाई उच्च सम्मान र कदरस्वरुप स्थानीय सरकारको तर्फबाट राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्तीलाई भव्यता साथ मनाउन सार्वजनिक बिदाको घोषणा गरिएकोे विदुर नगरपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

नेपाल एकीकरण थालनी भएको गौरवपूर्ण इतिहासलाई भुल्न नहुने भन्दै नपाभित्र बिदा दिने निर्णय गरिएको विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.