विश्वमै पहिलोपटक मान्छेको शरीरमा सुँगुरको मुटु प्रत्यारोपण

विश्वमै पहिलोपटक मान्छेको शरीरमा सुँगुरको मुटु प्रत्यारोपण

मेरिल्याण्ड : विश्वमै पहिलोपटक मानव शरीरमा सुँगुरको मुटुको सफल प्रत्यारोपण गरिएको छ। आनुवंशिक रूपमा परिवर्तन गरिएको सुँगुरको मुटु प्रत्यारोपण गर्ने विश्वका पहिलो व्यक्ति अमेरिकाका ५७ वर्षीय डेभिड बेनेट भएका छन्।

चिकित्सकहरूका अनुसार बाल्टिमोरमा गरिएको सात घण्टा लामो प्रयोगात्मक प्रक्रियाको तीन दिनपछि डेभिड बेनेटको शरीरले राम्रो प्रतिक्रिया जनाएको छ।

यो प्रत्यारोपणलाई बेनेटको जीवन बचाउने अन्तिम आशाको रूपमा लिइएको थियो, यद्यपि उनको लामो समय बाँच्ने सम्भावना कति छ भन्ने अझै स्पष्ट नभएको बीबीसीमा समाचार छ।

बेनेटले शल्यक्रियाको एक दिनअघि गर वा मरको अवस्थामा गर्नु परेको उल्लेख गर्दै उनले भनेका थिए, 'मलाई थाहा छ यो अँध्यारोमा हानिएको गोली हो तर यो नै मेरो अन्तिम विकल्प हो।'

शल्यचिकित्सक बार्ट्ली पी. ग्रिफिथले यो शल्यक्रियाले विश्वलाई 'अङ्ग अभाव सङ्कटको समस्या समाधानका लागि एक कदम नजिक ल्याउने' बताएको युनिभर्सिटी अफ मेरिल्याण्ड स्कूल अफ मेडिसिनको विज्ञप्तिमा उल्लेख छ। अहिले अमेरिकामा दैनिक अङ्ग प्रत्यारोपणको पर्खाइमा १७ जना मानिसको ज्यान गइरहेको छ।
एक लाखभन्दा बढी मानिस पर्खाइको सूचीमा छन्।
 
सन् २०२१ को अक्टोबरमा न्यू योर्कस्थित शल्यचिकित्सकले मानव शरीरमा सुँगुरको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण गरिएको घोषणा गरेका थिए। तर त्यसबेला प्रत्यारोपण गरिएका व्यक्तिको मस्तिष्क मृत थियो र निको हुने आशा थिएन। अहिले मुटु प्रत्यारोपण गरिएका बेनेट भने आफू बाँचिरहन सक्ने आशा व्यक्त गर्छन्।

शल्यक्रियाअघि उनी ६ साता ओछ्यानमै उपकरणजडित भएर बसेका थिए। मुटुमा समस्या देखिएपछि उनलाई जीवित राख्न त्यसो गरिएको थियो। 'निको भएपछि ओछ्यानबाट बाहिरिने अपेक्षामा म छु', उनले गत बिहीबार भनेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.