भारतमा एकैदिन १ लाख ६८ हजार बढीमा कोरोना संक्रमण, २२७ को मृत्यु

भारतमा एकैदिन १ लाख ६८ हजार बढीमा कोरोना संक्रमण, २२७ को मृत्यु

नयाँ दिल्ली : भारतमा पछिल्लो २४ घन्टामा थप १ लाख ६८ हजार ६३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। सोमबारको तुलनामा संक्रमणदर भने ६.५ प्रतिशतले कम हो। सोमबार १ लाख ८० हजार जनामा संक्रमण देखिएको थियो।

भारतमा अहिलेसम्म ३ करोड ५८ लाख ७५ हजार ७९० जनामा ​​कोरोना भाइरसको संक्रमण देखिएको छ।

सबैभन्दा महाराष्ट्रमा कोरोना संक्रमण देखिएको छ। यहाँ पछिल्लो २४ घन्टामा ३३ हजार ४७० जनामा संक्रमण पुष्टि भएको छ। यसका साथै पश्चिम बंगालमा १९ हजार २८६,दिल्लीमा १९ हजार १६६, तमिलनाडुमा १३ हजार ९९० र कर्नाटकमा ११ हजार ६९८ जनामा संक्रमण देखिएको हो।

भारतमा पछिल्लो १४ घन्टामा कोरोनाबाट २७७ जनाको ज्यान गएको छ। यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ८४ हजार २१३ पुगेको छ। पछिल्लो २४ घन्टामा सबैभन्दा बढी केरलामा १६६ जना र दिल्लीमा १७ जनाको मृत्यु भएको हो।

यस्तै कोरोनासँगै ओमिक्रोन भेरियन्टको संक्रमण पनि तीव्ररुपमा फैलिरहेको छ। हालसम्म भारतमा ४ हजार ४६१ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.