सर्लाहीका सीडीओ र एसपीलाई कोरोना सं‌क्रमण

सर्लाहीका सीडीओ र एसपीलाई कोरोना सं‌क्रमण

मलंगवा : सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र प्रहरी उपरीक्षक कृष्ण प्रसाईं दुबैजनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रमुख जिल्ला अधिकारी गौतममा सामान्य रुघाखोकी लागेपछि आइतबार स्वाब संकलन गरिएको थियो । परीक्षण रिपोर्टमा कोरोना पोजिटिभ आएको हो।

प्रमुख जिल्ला अधिकारीलाई समान्य खोकीबाहेक अन्य लक्षण देखिएको छैन। यस्तै प्रमुख जिल्ला अधिकारीसहित प्रहरी उपरीक्षक प्रसाईं, जिल्ला प्रशासनका एकजना कर्मचारी, जिल्ला आपतकालिन संचालक केन्द्र एकजना प्रहरी हवल्दार र प्रहरी उपरीक्षकका गार्ड समेत ५ जनालाई स्वाब संकलन गराएका थिए । जसमा एकजना बाहेक चारजनामा कोरोना संक्रमण देखिएको हो।

संक्रमण देखिएपछि सबैजना अहिले सरकारी निवासमै एकान्तबासमा बसेका छन् । संक्रमित सबैको अवस्था समान्य रहेको छ । सीडीओ र एक कर्मचारीलाई संक्रमण देखिएपछि मगंलबार जिल्ला प्रशासनका सबै कर्मचारीको स्वाब संकलन गरिने भएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.