एमाले दार्चुला अध्यक्षमा धामी
दार्चुला : नेकपा एमाले दार्चुलाको अध्यक्षमा प्रेमसिंह धामी निर्वाचित भएका छन्। सोमबार रातिदेखि भएको निर्वाचनबाट धामी ५ सय ८८ मत प्राप्त गर्दै जिल्ला अध्यक्षमा निर्वाचित भएका हुन्।
उपाध्यक्षमा भने यसअघि नै चरनसिंह बुढाथोकी निर्विरोध भइसकेका छन्। सचिवमा शेरसिंह धामी विजयी भएका छन् भने उपसचिवमा चन्द्रादेवी कुँवर र खडक बडाल निर्वाचित भएका छन्।
जिल्ला अध्यक्षका लागि जिल्लामा प्रेमसिंह धामी र ज्ञानेन्द्र घर्ती चुनावी मैदानमा थिए। धामीका प्रतिद्वन्द्वी घर्तीले ९२ मत मात्रै प्राप्त गरेका छन्।