युरोपका आधाभन्दा बढी जनसंख्या ओमिक्रोनबाट संक्रमित हुने डब्ल्युएचओको दाबी

युरोपका आधाभन्दा बढी जनसंख्या ओमिक्रोनबाट संक्रमित हुने डब्ल्युएचओको दाबी

कोपनहेगनः विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले ओमिक्रोन भेरियन्टबाट युरोपको आधाभन्दा बढी जनसंख्या संक्रमित हुने बताएको छ। डब्ल्युएचओले मंगलबार अबको ६ देखि ८ हप्ताभित्रमा युरोपको आधाभन्दा बढी जनसंख्या ओमिक्रोनबाट संक्रमित हुने बताएको हो। 

सन् २०२२ को पहिलो हप्तामा मात्र युरोपमा ७ लाखभन्दा बढी कोभिड-१९ का नयाँ संक्रमित फेला परेका छन्। आगामी दुई हप्ताभित्रमा सो संख्या दोब्बर हुने छ भने ८ हप्तासम्म युरोपको आधाभन्दा बढी जनसंख्या ओमिक्रोनबाट संक्रमित भइसक्ने अनुमान डब्ल्युएचओले गरेको छ। ‘माथिको आँकडाको आधारमा हामीले सो अनुमान गरेका हौं’ डब्ल्युएचओ युरोपका निर्देशक ह्यान्स क्लुजले समाचार सम्मेलनमार्फत् भनेका छन्। 

अमेरिकी उडान रद्द गर्न चीनको निर्देशन

बेइजिङः चीनको उड्ययन नियमक निकायले अमेरिकी उडानहरु रद्द गर्न निर्देशन दिएको छ। बढ्दो ओमिक्रोनका कारण सो निकायले अमेरिकाबाट चीन आउने उडान रद्द गर्न मंगलबार निर्देशन दिएको हो। 
सो निकायले मंगलबार मात्र अमेरिकाबाट चीन आउने ६० भन्दा बढी उडान रद्द गर्न निर्देशन दिएको अलजजिरामा खबर छ। अमेरिकाबाट चीन पुगेका अधिकांश यात्रुमा कोभिड-१९ पोजिटिभ देखिएपछि चीनको नागरिक उड्डयन प्रशासनले सो निर्देशन दिएको बताइएको छ। नियमित उडान भर्ने केही हवाइ सेवा तत्काल रद्द गर्न निर्देशन दिइएको बताइएको छ। कोभिड नियन्त्रणका लागि चीनले शून्य कोभिड नीति अपनाएको छ। चीनले मंगलबारमात्र करिब २ करोड जनसंख्या भएको चीनको मध्य सहरमा लकडान लगाएको स्थानीय मिडियामा खबर छ। 

ट्रम्पलाई मार्ने धम्की दिने व्यक्ति पक्राउ 
वासिङ्टनः अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अपहरण गरी मार्ने धम्की दिने व्यक्ति पक्राउ परेका छन्। अमेरिकी गुप्तचर सेवा र प्रहरी अधिकारीद्धारा ट्रम्पलाई सो धम्की दिने ७२ वर्षीय व्यक्ति पक्राउ परेका हुन्। 
पक्राउ पर्नेमा न्युयोर्क निवासी ७२ वर्षीय थोमस वेल्निस्किी मेलनिक रहेका छन्। उनले नियोजित ढंगले फोनमार्फत् पूर्व राष्ट्रपति ट्रम्पलाई अपहरण गरी मार्ने धम्की दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। 
अमेरिकी क्यापिटोल प्रहरीसमक्ष अन्र्तवार्ताको क्रममा ‘यदि ट्रम्पले सन् २०२० को राष्ट्रपतिय चुनाव हारेर पद छोड्नु परेमा आफुले ट्रम्पलाई गलहत्याएर मार्ने’ मेलनिकले बताएको आरोप समेत लागेको छ। आरोपित व्यक्तिले फोन र भ्वाइसमेलमार्फत ट्रम्पलाई अपहरण गरी मार्ने धम्की दिएको अनुसन्धानबाट खुलेको छ। आरोपित व्यक्तिमाथि थप अनुसन्धान अघि बढेको बताइएको छ। 

भारतीय ल्याबमा परीक्षण गरेका कोभिड नमूना गलत 
नयाँ दिल्लीः भारतीय ल्याबमा परीक्षण गरेका कोभिड-१९ नमुना गलत भएको आरोप लागेको छ। गत साता इटाली हुँदै भारत पुगेका यात्रुको नमुना परीक्षण गलत भएको आरोप लागेको हो।
विमानमार्फत् इटालीको रोम र मिलानबाट भारतको अमृतसार पुगेका करिब ३ सय यात्रुको भारतीय ल्याबमा कोरोना परीक्षण गरिएको थियो। ती सबै यात्रुको विमानस्थलमै कोरोना परीक्षणको नमुना संकलनपछि भारतको एक निजी ल्यावले पोजेटिभ देखाएको थियो। 

उनीहरुको परीक्षण गलत भएको अमृतसार विमानस्थलका अधिकारीहरुले बताएका छन्। ‘यदि सो परीक्षण साँच्चै गलत भएको भए हामीले निश्चित मापदण्ड अपनाउनु पर्छ। यो सबै मानविय र ल्याबको त्रुटिका कारण भएको भए हामीले तत्काल कारबाहीको कदम चाल्नुपर्छ’ विमानस्थलका निर्देशक भिके सेठले बीबीसीसँग बताएका छन्। सो नमुना परीक्षण गलत भएको भन्दै भारतीय अधिकारीहरुले अनुसन्धान गरिरहेको बीबीसीमा समाचार छ। 

गंगा नदीमा स्नान गर्न मनाही
हरिद्धारः भारतको उत्तराखण्ड प्रदेशस्थित हरिद्धार जिल्ला प्रशासन कार्यालयले गंगा नदीमा स्नान गर्न प्रतिबन्ध लगाएको छ। प्रशासनले भक्तजनहरुलाई नजिकिदै गरेको मकर संक्रान्तिको अवसरमा पवित्र गंगा नदीमा स्नान गर्न प्रतिबन्ध लगाएको हो। 

मकर संक्रान्तिमा ठूलो संख्यामा धर्मावलम्बी जम्मा हुने र नदीमा स्नान गर्ने हुँदा ओमिक्रोन नियन्त्रणका लागि हामीले सो प्रतिबन्ध लगाएका हौ’ प्रशासनद्धारा जारी विज्ञप्तीमा भनिएको छ। 

पछिल्लो तिब्र रुपमा फैलिरहेको ओमिक्रोन भेरियन्टको कारण देखाउदै प्रशासनले सो प्रतिबन्ध लगाउने निर्णय गरेको भारतिय मिडियामा खबर छ। शुक्रबारदेखि लागु हुने गरी जिल्ला प्रशासनले राती १० बजेदेखि विहान ६ बजेसम्म करफ्यु लगाउने निर्णय गरेको समेत बताइएको छ। 

आइएसद्वारा तालिवानका गुप्तचरको हत्या
काबुलः आतंकवादी समूह इस्लामिक स्टेट (आइएस)ले तालिवानका स्थानीय गुप्तचरको हत्या गरेका छ। तालिवान एवं इस्लामिक एमिराट् इन्टेलिजेन्स एजेन्सीअन्र्तगत बाटिकोट जिल्लाका गुप्तचर अविद बाशिरको मंगलबार हत्या गरेको हो। 

आइएसका सदस्यले थापेको एम्बुसमा परि बाशिरको सोमबार राती निधन भएको स्रोतले जनाएको छ। नांगरहर प्रान्तको बाटिकोट जिल्लामा रात्रिकालिन गस्तीमा खटिएको बेला उनको एम्बुसमा परी निधन भएको स्पुत्निकमा खबर छ। यद्यपि, उनको मृत्युबारे कुनैपनि समूहले जिम्मा नलिएको बताइएको छ। बाशिर तालिवानका नांगरहर प्रान्तका प्रमुख कमान्डरसमेत हुन्। 

काजकिस्तानको अशान्ति सैन्य कू प्रयास भएको राष्ट्रपतिको दाबी
नुर सुल्तानः काजकिस्तानका राष्ट्रपति कासिम जोर्माट तोकायिभले देशको अशान्ति सैन्य कूको प्रयास भएको बताएका छन्। काजकिस्तानभर अशान्ति निम्त्याएको करिब एक हप्ता लामो हिंसात्मक प्रदर्शनको मुख्य उदेश्य सैन्य कुको प्रयास रहेको राष्ट्रपतिले बताएका हुन्। 

सोभियत संघका पुर्व सहयोगीहरुले काजकिस्तानमा कु लगाउने प्रयास गरेको आरोप राष्ट्रपतिले लगाएका हुन्। ‘पूर्व सोभियत राज्यका सैन्य सहयोगी नेताहरुले काजकिस्तानमा सैन्य कूको प्रयास गरेका थिए। सो प्रयासका लागि उनीहरुले प्रदर्शनकारीको साथ लिएका थिए’ राष्ट्रपतिले भनेका छन्।

उनले सैन्य कुको लगाउने प्रयास गरेका सोभियत संघका सहयोगीको नाम भने उल्लेख गरेका छैनन्। यता रुसी राष्ट्रपति भ्लाद्मिर पुटिनले काजकिस्तान अन्र्तराष्ट्रय आतंकवादी संगठनले लक्षित बनाएको बताएका छन्। 

कजकिस्तानमा पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको दोब्बर मुल्य बृद्धि भएको भन्दै त्यहाँका मानिसले करिब १ हप्ता लामो प्रदर्शन गरेका थिए। सो प्रदर्शन हिंसात्मक बनेको थियो। हिंसात्मक प्रदर्शनमा परी प्रदर्शनकारी र सुरक्षाकर्मीसहित करिब १६४ जनाले ज्यान गुमाएका थिए। कजकिस्तानको अशान्ति नियन्त्रणका लागि खटिएको रुसको शान्ति सेना फिर्ता पठाउने तयारी भइरहेको र राष्ट्रपतिले नयाँ प्रधानमन्त्री नियुक्त गर्ने तयारी रहेकोसमेत बताइएको छ। 

युरोपेली संसदका अध्यक्षको निधन 
स्ट्रासवर्गः युरोपेली संघअन्र्तगतको युरोपेली संसदका अध्यक्ष डेभिड स्यासोलीको निधन भएको छ। अध्यक्ष स्यासोलीको प्रतिरक्षा प्रणाली खराब हुँदा ६५ वर्षको उमेरमा मंगलबार बिहानै निधन भएको हो। 
संसदका प्रवक्ता रोवर्टो सुइलिओले अध्यक्ष स्यासोलीको मृत्युबारे जानकारी दिएका हुन्। प्रतिरक्षा प्रणालीमा समस्या देखिएपछि स्यासोली गएको सेप्टेम्बरमा पहिलो पटक अस्पताल भर्ना भएका थिए  उनी निमोनियाबाट समेत पिडित थिए। 
इटालीका राजनितिज्ञ एवम पत्रकारसमेत रहेका स्यासोली पछिल्लो समय सन् २०१९ जुलाईमा युरोपेली संसदको अध्यक्षका रुपमा नियुक्त भएका थिए। उनको कार्यकाल सन् २०२२ जनवरीसम्म तोकिएको थियो। उनी पहिलो पटक सन् २००९ मा युरोपेली संसदको सदस्यको रुपमा निर्वाचित भएका थिए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.