हाइपरसोनिक मिसाइल परीक्षण गरिएको उत्तर कोरियाको दाबी

हाइपरसोनिक मिसाइल परीक्षण गरिएको उत्तर कोरियाको दाबी

उत्तर कोरियाले किम जोङ उनको निगरानीमा अर्को हाइपरसोनिक मिसाइलको परीक्षण गरेको छ। मंगलबार क्षेप्यास्त्र परीक्षण गरिएको र मिसाइल एक हजार किलोमिटर टाढा आफ्नो लक्ष्यमा खसेको बीबीसी समाचारमा उल्लेख छ।

किम जोङ-उनको नयाँ वर्षको भाषणपछि एक हप्ता भित्र उत्तर कोरियाले दुईवटा मिसाइल परीक्षण गर्यो। उत्तर कोरियाले तेस्रो पटक ब्यालेस्टिक मिसाइलको तुलनामा राडारको नजरबाट बच्न सक्ने क्षेप्यास्त्र परीक्षण गरेको बताएको छ।

दक्षिण कोरिया र जापान दुवैले उत्तर कोरियाले मंगलबार गरेको मिसाइल प्रक्षेपण थाहा पाएको बताएका छन्। यो मिसाइल उत्तर कोरियाको जमिनबाट समुन्द्रतर्फ प्रहार गरिएको थियो। केसीएनएले उक्त मिसाइललाई अत्यन्त उच्च गतिमा हान्न सक्षम हाइपरसोनिक मिसाइल भनेको थियो।

यसअघि उत्तर कोरियाले जनवरी ५ मा हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेको थियो। त्यसबेला अमेरिका, बेलायत र फ्रान्सले उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणको आलोचना गरेका थिए। यस्ता गतिविधि बन्द गर्न भनेका थिए।

ब्यालेस्टिक मिसाइलको तुलनामा हाइपरसोनिक मिसाइलले वायुमण्डलको तल्लो तहमा उच्च गतिमा उड्दा आफ्नो लक्ष्यमा प्रहार गर्न सक्छ। उक्त मिसाइल ध्वनिको गतिभन्दा पाँच गुणा छिटो अर्थात् ६,२०० किलोमिटर प्रतिघण्टाको गतिमा जान्छ।
 
उक्त मिसाइल परीक्षणको प्रत्यक्ष निगरानी किम जोङ उनले गरेका थिए। मार्च २०२० पछि पहिलो पटक किम जोङ-उनले आधिकारिक रूपमा मिसाइल प्रक्षेपण कार्यक्रममा भाग लिएका हुन्।

उत्तर कोरियाको मामिला ट्र्याक गर्ने कोरिया जोखिम समूहका प्रमुख कार्यकारी चाड ओ कारिलका अनुसार किम जोङ उन नयाँ प्रविधिको परीक्षणमा संलग्न भएकोमा चिन्तित छैनन्। अमेरिकाले यसमा कस्तो प्रतिक्रिया दिनेछ भनेर चिन्तित पनि छैनन्। 

Kim Jong Un just officially observed his first missile test since March 2020, pictures show in today's Rodong Sinmun.

The test took place roughly the same time as UNSC condemnation of last week's test -- and after South Korea's govt publicly doubted that test was 'hypersonic'. pic.twitter.com/8Rlpmmta0H

— Chad O'Carroll (@chadocl) January 11, 2022

प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.