प्रसिद्ध गोरु जुधाई मेला स्थगित

प्रसिद्ध गोरु जुधाई मेला स्थगित

नुवाकोट : महामारीकोरुपमा रहेको कोरोनाका कारण नुवाकोटकोे गोरु जुधाई मेला स्थगित भएको छ। नुवाकोटकै पहिचानको रुपमा रहेको प्रसिद्ध गोरु जुधाई मेला कोरोनाको तेश्रो भेरियण्टका कारण रोकिएको हो। 

मेला सन्चालनको लामो अवधिमा पहिलो पटक गोरु जुधाई मेला रोकिएको हो। प्रत्येक वर्ष माघे सङ्क्रान्तिका दिन नुवाकोटको तारुकाको चन्दानीलगायतका स्थानमा गरिदै आएको नुवाकोटको चर्चित गोरु जुधाइ मेला यस वर्ष ओमिक्रोनका कारण नहुने भएको छ। कोभिड–१९को सङ्क्रमण तीव्र गतिमा फैलिरहेको भन्दै गोरु जुधाइ मेला स्थगित गरिएको हो । पहिलो पटक नुवाकोटको पहिचानको रुपमा रहेको गोरु जुधाई मेला रोकिदा सर्वसाधारण तथा संस्कृतिप्रेमीहरु भने चिन्तित भएका छन्। 

सरकारले २५ जनाभन्दा बढी भेला भएर मेला, पर्व तथा कार्यक्रमहरु भौतिकरूपमा उपस्थित हुन नमिल्ने भएकाले मेला स्थगित गरिएको आयोजक तारुका चन्दनी माघे सङ्क्रान्ति गोरु जुधाई संरक्षण संस्थाका अध्यक्ष सूर्यमान श्रेष्ठले जानकारी दिए। श्रेष्ठले भने-‘यस ऐतिहासिक पर्व गोरु जुधाइ स्थगित हुँदा पर्न गएको क्षतिप्रति कृषक महानुभाव तथा दर्शकवर्गमा क्षमा चाहन्छौं।’

नुवाकोटको विभिन्न स्थानमा हुँदै आएको गोरु जुधाई मेलाको लागि गोरु दर्ता गराउने काम प्रायः स्थानमा सकिएको अवस्थमा मेला स्थगित भएको हो। प्रत्येक वर्ष माघ १ गते नुवाकोटको तारुका(तारकेश्वर गाउँपालिका), बेत्रावती(विदुर नगरपालिका), पञ्चकन्या, लिखु, तादी गाँउपालिकालगायतका स्थानमा गोरु जुधाई प्रतियोगिता हुँदै आएको थियो। अन्य स्थानको भन्दा नुवाकोटको तारुकाको गोरु जुधाई पृथक र महत्वपूर्ण रहँदै आएको छ। बेत्रावतीको गोरु जुधाई मेला पनि विशेष र चर्चित रहेको छ।

यस पटकको तारुका र वेत्रावतिको गोरु जुधाईलाई मेलालाई आयोजकहरुले विशेष र भब्य बनाएको भएपनि कोरोनाका कारण रोकिएको हो। तारुका चन्दनीमा गरिने गोरु जुधाई मेला व्यवस्थापन समिति गठन गरेर गोरु दर्ता गर्ने कार्य भइरहेको क्रममा आकस्मिकरुपमा मेला स्थगित गर्नुपरेको आयोजकले जनाएको छ।

माघे सङ्क्रान्तिमा नुवाकोटको शिवपुरी गाउँपालिकास्थित सेरा बगरमा गोरु जुधाउने मेला पनि स्थगित भएको छ। गत वर्ष विविध कार्यक्रमसहित मनाइएको गोरु जुधाउने मेला यस वर्ष भने कोरोनाका कारण स्थगित भएको सेराबगर विकास समाजका अध्यक्ष अभियान आचार्यले बताए। गतवर्ष जिल्लाका सेराबगरसहित विभिन्न स्थानमा ३१ हल गोरु जुधाइएको थियोे। जिल्ला प्रशासन कार्यालय नुवाकोटले कोरोना संक्रमण बढ्दै गएकाले २५ जनाभन्दा बढी भेला नहुनु भन्ने निर्देशनले मेला तथा उत्सव रोक्न बाध्य हुनुपरेको अध्यक्ष आचार्यले बताए। 

नुवाकोटको तारकेश्वर गाउँपालिका(तारुका), कपिलेश्वर गाउँपालिका(कबिलास–पन्चकन्या), शिवपुरी गाउँपालिका(शेराबगर), तादी गाउँपालिकाको सातबिसे लगायतका स्थानहरुमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको उपस्थितीमा राजनीतिक दलका केन्द्रीय नेताहरुको आतिथ्यतामा गोरु जुधाई तथा मनोरन्जनात्मक कार्यक्रमहरु गर्ने तयारी भएपनि कोरोनाका कारण मेला स्थगित भएको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.