नुवाकोटमा फेरि बढे सक्रिय संक्रमित

नुवाकोटमा फेरि बढे सक्रिय संक्रमित

नुवाकोट : तीन साता अगाडि शून्य संक्रमित भइसकेको नुवाकोटमा फेरि सक्रिय संक्रमितको संख्या बढिरहेको छ। १२ स्थानीय तह रहेको नुवाकोटमा बिहीवार एकैदिन ५ जना सक्रिय संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्रध्वज अधिकारीले जानकारी दिए।  

उनका अनुसार नुवाकोटमा ५ स्थानीय तहमा मात्र शून्य संक्रमित रहेका छन्। पहाडि संरचना रहेको नुवाकोटमा २५ जनाको एन्टिजेन परिक्षण गरिएकोमा ५ जनामा संक्रमण पुष्टि भएको छ। 

६ जना संक्रमित पन्चँकन्या गाउंपालिकामा, ४÷४ जना संक्रमित शिवपुरी र तादी गाउँपालिकामा, विदुर नगरपालिकामा २ जना, सुर्यगढी, किस्पाङ र तारकेश्वर गाउँपालिकामा एक÷एक जना कोरोनाका सक्रिय संक्रमितको संख्या रहेको छ। हालसम्म नुवाकोटमा तीनहजार तीनसय ८८ जना महिलासहित आठहजार चारसय नौ जना कुल संक्रमित पुष्टि भइसकेका छन्। 

नुवाकोटमा हालसम्म कोरोनाका कारण ५२ जनाले ज्यान गुमाएको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ। कार्यालयका अनुसार ५१ जनाको कोरोनाको दोश्रो भेरियण्टवाट ज्यान गएको हो। 
दुई साता अगाडि नुवाकोट पूर्ण कारोनामुक्त भएको थियो। नुवाकोटमा बिहीवार २५ जनाको एन्टिजेन परिक्षण गरिएकोमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

सक्रिय संक्रमितहरु १९ जना सबै होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ। नुवाकोटमा कोरोनाबाट निको हुनेहरुको संख्या ८ हजार ३ सय ३८ जना पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.