सुदूरपश्चिममा परीक्षण गराउने आधामा कोरोना

सुदूरपश्चिममा परीक्षण गराउने आधामा कोरोना

धनगढी : भारतमा ओमिक्रोन भेरियन्टको कोरोना फैलिएसँगै सुदूरपश्चिममा पनि परीक्षणको आधामा कोरोना पुष्टी भइरहेको छ। सुदूरपश्चिमको रेफरल अस्पतालको रुपमा रहेको सेती प्रादेशीक अस्पतालमा शुक्रबार मध्यान्हसम्म गरिएको परीक्षणमा आधा भन्दा बढीमा कोरोना पुष्टि भएको छ।

अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले दिएको जानकारी अनुसार सेती प्रादेशीक अस्पतालमा शुक्रबार मध्यान्हसम्म १२१ जनाले पीसीआर जाँच जराएकोमा ६६ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशीक अस्पतालको प्रयोगशालाको तथ्यांक अनुसार पछिल्ला १० दिनयता कोरोना संक्रमणको दर उच्च हुँदै गएको छ।

पुसको २० गते गरिएको ३५ जनाको पिसिआर परीक्षणमा २ जना, २१ गते ४४ जनामा पनि २ जना, २२ गते २४ जनामा २ जना, २३ गते ५६ जनाको परीक्षणमा ६ जना, २४ गते ३६ जनाको परीक्षणमा ८ जना, २६ गते ८७ जनाको परीक्षणमा १२ जना, २७ गते ७६ जनाको परीक्षण गरिएकोमा २१ जनामा कोरोना पुस्टी भएको छ। 

यस्तै २८ गते १०५ जनाको परीक्षणमा ४५ जना, २९ गते १६१ जनाको परीक्षणमा ४ जना र शुक्रबार अथवा ३० गते १२१ जनाको परीक्षणमा ६६ जनामा कोरोना पुष्टी भएको सेती प्रादेशीक अस्पतालले जनाएको छ।

१० दिनमा प्रदेशभरी थपिए १४ सय ९४ जना 

पछिल्लो १० दिनमा सुदूरपश्चिम भरी १४ सय ९३ कोरोना संक्रमित थपिएका छन्। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार दैनिक जसो संक्रमितहरु थपिन थालेका हुन्।

निर्देशनालयको तथ्यांक अनुसार पुसको २० गते ४० जना, २१ गते ५५ जना, २२ गते १२० जना, २३ गते १५८ जना, २४ गते १३३ जना, २५ गते ६२ जना, २६ गते १५९ जना, २ गते १९४ जना, २८ गते २५४ जना र २० गते ३१८ जनामा कोरोना पुष्टि भएको छ। 

१० दिनको तथ्यांक हेर्ने हो भने २० गते ४० जना संक्रमित भएको प्रदेशमा २९ गते त्यसको झण्ढै ९ सय प्रतिसत अथवा ३१८ जनामा कोरोना देखिएको छ। अहिले सुदूरपश्चिममा माघी र माघे संक्रान्तीका लागि मानिसहरु भारतबाट घर फर्किन थालेका छन। यस समयमा गाउँमा सिधै कोरोना जाने सम्भावना बढेको छ। सेती प्रादेशीक अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर निराजन दत्त शर्मा पौडेल भन्छन,‘अहिले भारताट फर्किनेहरु पर्व मनाउनका लागि हो, उनीहरु सोझै समुदायमा जान्छन र कोरोना सार्ने काम गर्छन्।’

चिकित्सकहरुका अनुसार केही दिनमै यो तथ्यांक भयावह भएर निस्कने छ। डाक्टर शर्मा पौडेल थप्छन, ‘खोपका कारण डेल्टा भेरियन्टको जस्तो भवावह अवस्था त नआउदा तर संक्रमितको संख्य भने ह्वात्तै बढ्ने छ, जसको चाप फेरि अस्पतालमै पर्ने हो।’ उनले अहिलेको भेरियन्ट कमजोर देखिए पनि सर्नमा भने पहिलेको तुलनामा बढी सक्रिय रहेको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.