पालिकामा शैक्षिक गुरुयोजना

पालिकामा शैक्षिक गुरुयोजना

गुलरिया : बर्दियाको बारबर्दिया नगरपालिकाले समग्र शैक्षिक क्षेत्रको उत्थानका लागि गुरुयोजना तयार पारेको छ। पालिकाको शैक्षिक गुणस्तर वृद्धि गर्दै बालबालिकाको शिक्षा देशकै अब्बल बनाउने रणनीतिस्वरूप ३ अर्ब रुपैयाँको १० वर्षीय योजना तयार पारेको हो।

गुणस्तरीय शिक्षामार्फत विद्यार्थीमा अनुशासन, शिक्षकमा प्रशासन दुरुस्त राख्ने पालिकाले लक्ष्य लिएको छ। विद्यार्थीहरूमा बाह्य क्षमताको विकाससँगै खेलकुदलगायतका शारीरिक विकासतर्फ प्रर्बद्धनात्मक आकांक्षा कार्ययोजनामा समेटिएको बारबर्दिया नगरपालिकाका नगरप्रमुख दुर्गाबहादुर थारूले बताए। ‘पालिकाले मात्र होइन स्थानीय तथा अभिभावकहरूको सहयोग अपरिहार्य छ,’ उनले भने, ‘योजनामा बालविकास केन्द्रलाई योजनाको प्राथमिकतामा राखेका छौं। बालबालिकाको शैक्षिक प्रगतिले नै शिक्षा क्षेत्रमा फट्को मार्न सहज हुन्छ।’ 

यसका लागि गुरुयोजनामार्फत बजेटलाई दुई किस्ता गरी पञ्चवर्षीय योजना बताएको उनले बताए। उनका अनुसार ‘पहिलो ५ वर्षको बजेट १ अर्ब ५० करोड रुपैयाँ हाम्रो प्रक्षेपण छ। देशको वित्तीय स्थिति हेरेर बाँकी पञ्चवर्षीय योजनामा लगानी थप्छौं।’ बारबर्दिया नगरपालिकाबाट उत्पादित शिक्षित जनशक्ति चौतर्फी प्रतिस्पर्धी हुनेछन्। बजेटमार्फत शिक्षकहरूको पारिश्रमिक, विद्यालयहरूको भौतिक पूर्वाधार, डेक्स, बेन्च, सूचना प्रविधि सामग्रीलगायत समग्र शैक्षिक आवश्यकतालाई सम्बोधन गरेको उनको भनाइ छ। 

स्थानीय पाठ्यपुस्तक
निःशुल्क अनिवार्य आधारभुत शिक्षा सुनिश्चितता गरेको पालिकाले स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक सँगालो बारबर्दिया गौरव सार्वजनिक गरेको छ। शैक्षिक प्रतिबद्धता, गुणस्तरीय शिक्षामार्फत सुख, शान्ति र आत्मनिर्भरताको लक्ष लिँदै शैक्षिक क्षेत्रको विकासमा अघि सरेको बारबर्दिया नगरपालिकाले थारू समुदायहरूमा देखिएको सिकलसेल एनिमिया रोगका बारेमा पाठ्यक्रम लागू गरी पठनपाठनसमेत सुरु गरिसकेको छ। 

पालिकाले २०७८–२०८८ सम्म १० वर्षे अवधिका लागि पालिकाको शैक्षिक सुधार गर्न रणनैतिक गुरुयोजनासहितको कार्ययोजना निर्माण गर्दै स्थानीय पाठ्यपुस्तक पठनपाठन सुरु गरेको नगरप्रमुख थारूको भनाइ छ। उनले भने, ‘नगरका विद्यालयहरूमा १, २, ३ र ६ कक्षामा पढाइने स्थानीय पाठ्यपुस्तक सँगालो ‘बारबर्दिया गौरव’ तथा शिक्षक डायरी सार्वजनिक गरी कार्यान्वयनमा ल्याउने तयारी भइरहेको छ।’ पुस्तकमा नगरको चिनारी, संस्कार, संस्कृति, स्थानीय पेसा, व्यवसाय, पर्यटनलगायत आर्थिक क्रियाकलापसम्बन्धी उपयोगी सीप समेटिएका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.