बलात्कारपछि हत्या आरोपमा जेल परेको जोडी ३५ वर्षपछि निर्दोष सावित

बलात्कारपछि हत्या आरोपमा जेल परेको जोडी ३५ वर्षपछि निर्दोष सावित

केन्टुकी : आफ्नी भतिजीको बलात्कारपछि हत्या गरेको आरोपमा जन्म कैद सजाय भोगिरहेको एक प्रेम जोडी ३५ वर्षपछि निर्दोष ठहरिएको छ। सो जोडी जेल परेको ३५ वर्षपछि यसै साता निर्दोष ठहरिएको हो। 

सन् १९८८ मा आफ्नी चार वर्षीया भतिजी ब्रान्डिमाथि बलात्कारपछि हत्या गरेको आरोपमा अमेरिकी राज्य टेनेसीकी महिला जोयस वाटकिन्स र उनका प्रेमी चार्ली डनलाई जन्म कैदको सजाय सुनाएको थियो। बलात्कारपछि हत्या गरेको आरोपमा सो जोडीलाई टेनेसीको डेभिडसन काउन्टी अपराधिक अदालतले गलत तरिकाले दोषी ठहर गरेको थियो। 

तर तत्कालीन समयमा गलत अनुसन्धान र मेडिकल प्रमाणपत्रका कारण सो जोडी दोषी ठहर भएको भन्दै अदालतले सन् २०१५ मा ३५ वर्षपछि पहिलो पटक निर्दोष भएको पुष्टि गरेको थियो। लामो समयदेखि आफूहरु निर्दोष रहेको बताउँदै आएको सो जोडिले सन् २०१५ मा बलात्कार नगरे पनि हत्या गरेको पुष्टि भएको थियो। 

सन् २०१५ मा दोषीमध्ये प्रेमी डनको जेलभित्रै मृत्यु भएपछि सो मुद्धा अदालतमै सेलाएको थियो। तर आरोपितका वकिलले सो मुद्धा पुन खोल्न टेनेसी राज्यलाई निवेदन दिएपछि सो मुद्धा पुन खोलिएको थियो। सोहि आधारमा बलात्कारपछि हत्याको आरोपमा जेल परेकी वाटकिन्स र उनका प्रेमीलाई अदालतले ३५ वर्षपछि निर्दोष साबित गरेको हो। 

वाटकिन्स यतिबेला ७४ वर्ष पुगेकी छन्। आफ्नी आमा अमेरिकी राज्य जर्जियामा भएकोले तत्कालीन समयमा ब्रान्डि आफ्नी ठुली आमा रोज विलियम्सको घरमा बस्दै आएकी थिइन्। 

डेभिडसन काउन्टी क्रिमिनल कोर्टका अनुसार सन् १९८७ जुन २६ मा वाटकिन्स र उनका प्रेमी डन आफ्नी ४ वर्षीया भतिजी ब्रान्डिलाई आफ्नो घर लिन केन्टुकी पुगेका थिए। तर भोलिपल्ट बिहान भतिजी बेहोस बनेकी थिइन्। बेहोस बनेकी भतिजीलाई वाटकिन्सले तत्काल नासभिल मेमोरियल अस्पतालमा पुर्याएकी थिइन्। 
ब्रान्डिको योनी र टाउकोमा गम्भीर चोट लागेको अस्पतालले जनाएको थियो। त्यसको भोली भन्दै अस्पतालले उनलाई भोलीपल्ट मृत घोषणा गरेको थियो। भतिजी 
ब्रान्डिसँग करिब ९ घण्टा मात्र समय बिताएका वाटकिन्स र डनमाथि बलात्कारपछि हत्या गरेको आरोप लागेको थियो। सो घटना भएको दोस्रो वर्ष अर्थात् सन् १९८८ अगष्टमा बलात्कारपछि हत्याको आरोपमा सो जोडी दोषी ठहरिएको थियो। गएको बुधबार डनकी छोरी ज्याकी डनको सुनुवाईमा सो जोडी पूर्णतया निर्दोष साबित भएको थियो। हाल ३५ वर्षपछि वाटकिन्स निर्दोष साबित भएर जेलबाट छुटेकी छन्। 

अमेरिकी कारागार एवम् सजायको इतिहासमा जेल परेपछि निर्दोष साबित हुने वाट्सन पहिलो कालो वर्णकी महिलासमेत बनेकी छन्। 

सीएनएनबाट 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.