बिहारमा अवैध मदिरा सेवनबाट ८ मजदुरको मृत्यु

बिहारमा अवैध मदिरा सेवनबाट ८ मजदुरको मृत्यु

नालन्द : भारतको बिहार राज्यस्थित नालन्दामा अवैध मदिरा सेवनबाट कम्तीमा ८ जना मजदुरको ज्यान गएको छ। बिहारका मुख्य मन्त्री नितिस कुमारको गृह जिल्लामा अवैध मदिरा सेवनबाट एकै गाउँका कम्तीमा ८ मजदुरको ज्यान गएको हो। 

मृतकहरुले नजिकैको निर्माण क्षेत्रमा कार्यरत मजदुर रहेको र मदिरा सेवनपछि बिरामी परेका र उनीहरुको मृत्यु भएको हिन्दुस्तान टाइम्समा खबर छ। 
मृतकहरुले शुक्रबार राति अवैध मदिरा सेवन गरेको र शनिबार उनीहरुको ज्यान गएको प्रहरी अनुसन्धानबाट खुलेको छ। मृतक सबैको सनाखत भइसकेको र मृतक सबै छोटी पलारी र पहर टल्लि गाउँका बासिन्दा रहेको नालन्द प्रहरीले जनाएको छ। 

मृतकहरुसँगै सो समयमा अन्य ५० जनाले अवैध मदिरा पिएको प्रहरीले जनाएको छ। मदिरा सेवन गरेका अन्य चारजनाको अवस्था गम्भीर रहेको र उनीहरुको बिहार शरिफ सदर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। सो घटनाबारे थप अनुसन्धान अघि बढाइएको बताइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.