कोरोना महामारी यो वर्षको अन्त्यसम्म समाप्त हुने विज्ञको दाबी

कोरोना महामारी यो वर्षको अन्त्यसम्म समाप्त हुने विज्ञको दाबी

बेइजिङः चिनियाँ विज्ञले यस वर्षको अन्यसम्ममा कोभिड-१९ महामारीको समाप्त हुने दाबी गरेका छन्।  चीनका चर्चित चिकित्सक एवम् संक्रामक रोग विशेषज्ञ झाङ वेन्होङले चिनियाँ मिडिायामार्फत सो दाबी गरेका हुन्।

‘कोभिड महामारीको लागि सम्भवत यो अन्तिम जाडोयाम हो’ चीनको मिडिया ग्रुपसँग शनिबार वेनहोङले भनेका छन्, ‘हालसम्मको अध्ययनले ओमिक्रोन भेरियन्टपछि कोभिड-१९ ले रुप परिवर्तन हुने देखाएको छैन। त्यसैले कोभिड-१९ महामारी सन् २०२२ को अन्त्यसम्ममा समाप्त हुनेमा म पुर्ण रुपमा विश्वस्त छु ।’ ५२ वर्षीय विज्ञ झाङले महामारीको सुरुवात देखि नै चीनको कोभिड महामारीविरुद्ध लडेका थिए।

उत्तर कोरियाली रेल पहिलो पटक चीन प्रवेश

बेइजिङः उत्तर कोरियाको मालवाहक रेलले पहिलो पटक चीन प्रवेश गरेको छ। कोरोना महामारीपछि चीनसँगको सीमा बन्द भएको झन्डै दुई वर्षपछि उत्तर कोरियाको सो रेलसेवाले आइतबार पहिलोपटक चीन प्रवेश गरेको हो।

महामारीपछिको पहिलो लकडाउनपछि पहिलो पटक पुनसञ्चालनमा आएको सो रेल सेवा आइतबार बिहान उत्तर कोरिया-चीनको सीमा शहर डानडोङ पुगेको स्रोतले क्योडो न्युजसँग बताएको छ। 

यता पछिल्लो समय चीनले ओमिक्रोन संक्रमण तीब्र भएको भन्दै आफ्ना आन्तरिक एवम् अन्र्तराष्ट्रिय सीमा नाकामा कडाइ गरेको छ। कोभिड-१९ को नयाँ भेरियन्ट फैलन नदिन चीनले शून्य कोभिड नीति अपनाउँदै आएको छ।

पछिल्लो समय आफ्नो मुलुकमा नयाँ संक्रमण फेला नपरेको र आन्तरिक सीमा नाका खुला रहेको उत्तर कोरियाले दाबी गरेको छ। लामो समयदेखि चीनसँगको सीमा बन्द हुँदा उत्तर कोरियाली नागरिक प्रभावित भएकोले सो रेलसेवा सञ्चालनमा ल्याइएको स्रोतले क्योडो न्युजसँग बताएको छ।

स्विडेन, फिनल्याण्ड र नर्वेमा ब्सासो मार्ने अभियान 

स्कटहोमः ब्वासोको संख्या घटाउन स्विडेन, फिनल्याण्ड र नर्वेले ब्वासो मार्ने अभियान थालेका छन्। जाडोयाममा ब्वासोको संख्या नियन्त्रण गर्न तिनवटा मुलुकले ब्वासो मार्ने अभियान अघि बढाएका हुन्।

ती मुलुकहरुमा ब्वासोको संख्या बढेकोले सो संख्या घटाउन तिनवटै मुलुकले ब्वासो मार्ने अभियान थालेको आइतबार प्रकाशित गार्जियनमा समाचार छ। जारी हिउँदमा मात्र ब्वासो मार्ने वार्षीक अभियानअन्र्तगत स्विडेनका शिकारीले २७ र फिनल्याण्डका अधिकारीहरुले २० वटा ब्वासो मारिसकेको बताइएको छ। नर्वेले भने यस हिउँदमा ब्वासोको कुल संख्यामध्ये ६० प्रतिशत ब्वासो मार्ने योजना बनाएको बताइएको छ।

यद्यपि, वन्यजन्तु संरक्षकहरुले भने स्विडेन, फिनल्याण्ड र नर्वेले चालेको कदमप्रति आपत्ती जनाएका छन्। ब्वासोलाई लोपोन्मुख मानिएको पश्चिमी युरापेली मुलुकमा पछिल्लो समय ब्वासोको संख्या घटाउन ब्वासो मार्ने कदम आपत्तिजनक रहेको संरक्षकहरुले बताएका हुन्।

अरबियन सागरमा भारतीय र रुसी नौसेनाविच संयुक्त अभ्यास

नयाँ दिल्लीः रुस र भारतीय नौसेनाले संयुक्त अभ्यास गरेका छन्। दुई देशका नौसेनाले अरबियन सागरमा संयुक्त अभ्यास गरेका हुन्। भारतीय नौसेनाले आइतबार दुई देशका नौसेनाविच हालै संयुक्त अभ्यास भएकोबारे जानकारी दिएको हो।

काजकिस्तानको हिंसात्मक प्रदर्शनीमा २२५ मानिस मारिएको दाबी

नुर सुल्तानः काजकिस्तानका सरकारी अधिकारीहरुले करिब १ हप्ता लामो हिंसात्मक प्रदर्शनीमा २२५ मानिसको मृत्यु भएको दाबी गरेका छन्। इन्धनको मुल्य बृद्धिको विरोधमा भएको हिंसात्मक प्रदर्शनमा प्रर्दशनकारी र सुरक्षाकर्मी गरी २२५ को मृत्यु भएको त्यहाँका सरकारी अधिकारीले दाबी गरेका हुन्।

पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्य वृद्धि भएको भन्दै काजकिस्तानको मुख्य शहर अल्माटी र राजधानी नुर सुल्तान लगायत देशभर सरकारविरोधी प्रदर्शन भएको थियो। करिब  एक हप्ता लामो प्रदर्शन हिंसामा परिणत भएको थियो। हिंसात्मक बनेको सो प्रदर्शनपछि त्यहाँको सरकारले राजिनामा दिएको थियो भने काजकिस्तानमा आपतकालिन घोषणा गरिएको थियो। त्यहाँका राष्ट्रपतिले देशमा शान्ति कायम गर्न रुससँग सहयोग मागेको थियो। रुसको शान्ति सेना काजकिस्तानमा खटिएपछि त्यहाँको माहोल शान्त बनेको थियो।

सो आपतकालिन समयमा जारी हिंसात्मक प्रदर्शनीमा परि १९ काजख सैनिक र सरकारी अधिकारीसहित २२५ शव फेला परेको काजकिस्तानका प्रतिनिधी सेरिक शलबायिभले शनिबार ब्रिफिङमार्फत भनेका छन्। करिब ३ हजार मानिस घाइते भएको र उनीहरुको उपचार भइरहेकोसमेत जनाइएको छ।

काबुल विस्फोटमा परी २ बालकको मृत्यु, ४ तालिवान सैनिक घाइते

काबुलः अफगानिस्तानको राजधानी काबुलमा भएको बम विस्फोटमा परी २ बालकको मृत्यु भएको छ। आइतबार भएको विस्फोटमा परी २ बालकको मृत्यु भएको हो।

सो विस्फोटमा परी अन्य चार तालिवान सैनिक घाइते भएको अफगानिस्तानको आन्तरिक मामला मन्त्रालयले जनाएको छ। ऋफगानिस्तान सेनाको गाडीलाई लक्षित गरी सो बम विस्फोट गराएको टोलो न्युजले जनाएको छ। गत हप्तामात्र अफगानिस्तानका विभिन्न स्थानमा भएको विस्फोटमा परी ३८ नागरिक मारिएको बताइएको छ।

भारतको १४३ वर्ष पुरानो क्लबमा आगलागी, ३० करोड बराबरको क्षति

तिलंगनाः भारतको सबैभन्दा पुरानो अर्थात् करिब १४३ वर्ष पुरानो क्लबमा भीषण आगलागी भएको छ। भारतको तिलंगना राज्यस्थित करिब १४३ वर्ष पुरानो सेकुन्देराबाद क्लबमा आइतबार बिहान आगलागि भएको हो।

आगलागीबाट सो भवन पूर्णरुपमा जलेको बताइएको छ। आगलागी ३ घण्टापछि मात्र नियन्त्रणमा आएको थियो ।सो आगलागिबाट करिब २० करोड भारु अर्थात् ३२ करोड नेपाली रुपैँया बराबरको भौतिक क्षती भएको भारतीय मिडियामा खबर छ। आगलागीको कारणबारे हालसम्म पत्ता नलागेको र त्यसको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ।

सो भवन भारतमा साम्राज्य चलाएका बेलायतीहरुले सन् १८७८ मा स्थापना गरेका थिए। करिब २२ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको सो भवन हैदारावाद शहर विकास विभागले सम्पदा सुचीमा राखेको थियो।

समुद्री ज्वालामुखी विस्फोटपछि सुनामीको चेतावनी

वेलिङ्टनः जापानको प्रायद्धिप क्षेत्रमा भएको समुद्री ज्वालामुखी विस्फोटपछि आसपासका क्षेत्रमा सुनामी आउने चेतावनी दिइएको छ। शनिबार दिउँसो दक्षिणी प्रायद्धिप क्षेत्रमा भएको समुद्री ज्वालामुखी टोङ्वा विस्फोटपछि समुद्र आसपासका क्षेत्रमा सुनामी आउने चेतावनी दिइएको हो।

त्यहाँको मौसम विभागले समुद्री टापुनजिक रहेको उत्तरपुर्वी जापान र न्युजिल्याण्डको क्षेत्रमा सुनामीको चेतावनी दिएको हो। सुनामीपछि सो क्षेत्रका झन्डै २ लाख ३० हजार वासिन्दा अन्यत्र सार्नुपर्ने बताइएको छ।

यता न्युजिल्याण्डको रोयल प्यालेस र टोङ्वाको किनारा क्षेत्रमा सो ज्वालामुखी विस्फोटपछि सुनामी आएको बताइएको छ। न्युजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा आर्डेनले टोङ्गाको राजधानी नुकुमा अतुलनिय क्षती पुगेको बताएकी छन्। ज्वालामुखी विस्फोटपछि सो क्षेत्रसँगका करिब १ लाख ५ हजार मानिससँगको सम्पर्क टुटेको प्रधानमन्त्रीले बताएकी छन्।

बिहारमा अवैध मदिरा सेवनबाट ८ मजदुरको मृत्यु

नालन्दः भारतको बिहार राज्यस्थित नालन्दामा अवैध मदिरा सेवनबाट कम्तीमा ८ जना मजदुरको ज्यान गएको छ। बिहारका मुख्य मन्त्री नितिस कुमारको गृह जिल्लामा अवैध मदिरा सेवनबाट एकै गाउँका कम्तीमा ८ मजदुरको ज्यान गएको हो। मृतकहरुले नजिकैको निर्माण क्षेत्रमा कार्यरत मजदुर रहेको र मदिरा सेवनपछि विरामी परेका उनीहरुको मृत्यु भएको हिन्दुस्तान टाइम्समा खबर छ।

मृतकहरुले शुक्रबार राति अवैध मदिरा सेवन गरेको र शनिबार उनीहरुको ज्यान गएको प्रहरी अनुसन्धानबाट खुलेको छ। मृतक सबैको सनाखत भइसकेको र मृतक सबै छोटी पलारी र पहर टल्लि गाउँका वासिन्दा रहेको नालन्द प्रहरीले जनाएको छ।

मृतकहरुसँगै सो समयमा अन्य ५० जनाले अवैध मदिरा पिएको प्रहरीले जनाएको छ। मदिरा सेवन गरेका अन्य चारजनाको अवस्था गम्भीर रहेको र उनीहरुको बिहार शरिफ सदर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। सो घटनाबारे थप अनुसन्धान अघि बढाइएको बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.