भारतमा कोरोनाबाट थप ३८५ जनाको मृत्यु, ओमिक्रोन संक्रमितको संख्या ८ हजार नाघ्यो

भारतमा कोरोनाबाट थप ३८५ जनाको मृत्यु, ओमिक्रोन संक्रमितको संख्या ८ हजार नाघ्यो

नयाँ दिल्ली : भारतमा कोरोना संक्रमण तीव्ररुपमा फैलिरहेको छ। संक्रमण फैलिएसँगै मृत्यु हुनेको संख्या पनि बढिरहेको छ। पछिल्लो २४ घन्टामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ३८५ जनाले ज्यान गुमाएका छन्।

यस्तै पछिल्लो २४ घन्टामा थप २ लाख ५८ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार एकैदिन २ लाख ७१ हजार बढीमा संक्रमण देखिएको थियो। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १ लाख ५१ हजार ७४० जना कोरोनामुक्त भएका छन्।

मन्त्रालयका अनुसार ओमिक्रोन संक्रमितको संख्या ८ हजार नाघेको छ। सोमबारको तुलनामा ओमिक्रोन ६.०२ प्रतिशतले बढेको हो। हाल सक्रिय संक्रमितको  संख्या १६ लाख ५६ हजार ३४१ पुगेको छ।

भारतमा हालसम्म १ अर्ब ५७ करोड २० लाख ४१ हजार ८२५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.