के किम जोङ उनले साँच्चै युद्धको तयारी गरिरहेका छन्?

के किम जोङ उनले साँच्चै युद्धको तयारी गरिरहेका छन्?

प्योङयाङः उत्तर कोरियाको लागि क्षेप्यास्त्र प्रक्षेपण कुनै नौलो विषय हैन। तर नयाँ वर्ष २०२२ को सुरुवातदेखि नै कोरियाले असामान्य तरिकाले गरिरहेको एकपछि अर्को क्षेप्यास्त्र प्रक्षेपणले विपक्षी मुलुकलाई झनै चिन्तित बनाएको छ। 

आर्थिक र खाद्य संकटबाट गुज्रिरहेको उत्तर कोरियामा त्यहाँका शासक किम जोङ उनले नयाँ वर्षको सुरुवातमा देशको आर्थिक अवस्था सुधारमा केन्द्रीत हुने बताएका थिए। किमको बोली र व्यवहारमा फरक देखिएको छ। त्यसको कारण के हुन सक्छ? उत्तर कोरियाले पछिल्लो समय किन असामान्य तरिकाले क्षेप्यास्त्र प्रहार गरिरहेको छ? 

सामान्यतः उत्तर कोरियाले विगतमा देशभित्र हुने गरेका महत्वपूर्ण राजनीतिक कार्यक्रमहरुलाई संकेत गरी क्षेप्यास्त्र प्रहार गर्ने गर्थ्यो। देशभित्र भएका क्षेप्यास्त्रको क्षमता परीक्षण गर्न र कार्यक्रमको तयारीका लागि सो गतिविधि गर्ने गर्थ्यो। अमेरिका र दक्षिण कोरियाले गर्ने क्षेप्यास्त्र अभ्यासप्रति असन्तुष्टि जनाउन पनि उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गर्ने गर्थ्यो।

‘तर पछिल्लो समय उत्तर कोरियाले असमान्य तरिकाले गरिरहेको क्षेप्यास्त्र परीक्षणको पछाडि कुनै न कुनै कारण लुकोको छ,’ इन्टरनेसनल पिसका विज्ञ अंकित पान्डाले बीबीसीसँग भनेका छन्, ‘पछिल्लो समय उत्तर कोरियाले युद्धको तयारी स्वरुप आफ्ना क्षेप्यास्त्र कार्यात्मक छन् या छैनन् भन्ने परीक्षण गर्न क्षेप्यास्त्र परीक्षण गरिरहेको जस्तो देखिन्छ। हैन भने यस वर्ष आर्थिक संकट, गरिबी र भोकमरीजस्ता आन्तरिक समस्यालाई प्राथमिकतामा राख्ने उद्देश्य बोकेका किमले क्षेप्यास्त्र प्रहार किन गर्नुपर्थ्यो?’

यसअघि अमेरिकाले उत्तर कोरियाले आणविक हातहतियार त्याग्ने इच्छा जताएको बताएको थियो। तर अमेरिकी राष्ट्रपति जो बाइडेनले पदभार गरेसँगै उत्तर कोरियाको सो इच्छा अघि नबढेको बताइएको छ। गत हप्तामात्र बाइडेन प्रशासनले उत्तर कोरियालाई आणविक हतियारमा सघाउ पुर्‍याउने रुस र चीनका विभिन्न कार्यक्रममा पहिलो पटक प्रतिबन्ध लगाएको छ। सो प्रतिबन्धको प्रतिसोधमा उत्तर कोरियाले पछिल्लो समय असामान्य तरिकाले क्षेप्यास्त्र प्रक्षेपण गरेको हुनसक्ने अनुमान विश्लेषकहरुले लगाएका छन्। 

'अमेरिकाको प्रतिबन्धविरुद्धको प्रतिक्रिया स्वरुप उत्तर कोरियाले सोमबार दुई वटा क्षेप्यास्त्र प्रक्षेपण गरेको हुनसक्छ। आणविक हतियारबाट उत्तर कोरिया बाहिर नचाहने जनाउन पनि पछिल्लो समय क्षेप्यास्त्र प्रक्षेपण गरेको हुन सक्छ,’ नर्थ कोरियन स्टडिजका प्रोफेसर पार्क वोन गनले भनेका छन्।

कतिपयले भने चीनका कारण पनि उत्तर कोरियाले पछिल्लो समय क्षेप्यास्त्र प्रक्षेपण गरिरहेको हुनसक्ने अनुमान गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.