नक्कली मोबिल विक्रीगर्ने दुई जना पक्राउ

नक्कली मोबिल विक्रीगर्ने दुई जना पक्राउ

रौतहट : नक्कली मोबिल बनाएर विक्री वितरण गर्ने दुईजनालाई रौतहटमा पक्राउ गरिएको छ। आइतबार दिउँसो गौर नगरपालिका-५स्थित बरहवा पुल नजिक दुइसय लिटर नक्कली मोबिलसहित दुइजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहट ले जनाएको छ। पक्राउ पर्नेमा राजदेवी नगरपालिका-९ का २८ वर्षीय रोशन सिंह र ४२ वर्षीय हरेन्द्रकुमार सिंहलाई प्रहरीले पक्राउ गरेको हो।

जय शिव शक्ति अटोमोबाईल पसल र सो पसल नजिकै रहेको सुधिर साह तेलीको घर भाडामा लिई गोदाम संचालनगरी क्यास्ट्रोल, बजाज, हिरोहोण्डा कम्पनीको लोगो प्रयोग गरी मोबिल तथा मोटरसाईकलका पार्टसहरु भण्डारण गरी कालो बजारी गरेको सूचनाको आधारमा समान बरामद भएको प्रहरीले जनाएको छ।

मोबिल भरिएको ३ हजार बट्टा, खुल्ला मोबिल भरी राखेको २ सय लिटरको दुईवटा टिनको ड्रम, मोबिल राख्ने गरेको ९ वटा टिनको खाली ड्रम बरामद गरी अनुसन्धान भइरहेको रौतहट प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.