ठगी गरेर भाग्ने विकास सुन्धाराबाट प्रक्राउ

ठगी गरेर भाग्ने विकास सुन्धाराबाट प्रक्राउ

काठमाडौं: ठगी कसुरका फरार प्रतिवादी दाङ घोराही उपमहानगरपालिका-१५ लालीगुराँस टोल वतन भएका ४१ वर्षीय विकाश पुनलाई सोमबार प्रहरीले पक्राउ गरेको छ। 

ठगी कसुरअन्तर्गत मुद्दा दर्ता भई फरार रहेका विकास काठमाडौंका विभिन्न स्थानहरूमा लुकिछिपी बसेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-११ सुन्धारास्थित होटल भ्यू ग्लोबलमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो। उनले प्रयोग गर्दै आएको प्रदेश ३-०१-०२२ च ०११८ नम्बरको गाडी समेत प्रहरीले बरामद गरेको छ।

विभिन्न मितिमा ज्यान मार्ने उद्योग, हातहतियार तथा खरखजना, डाँका चोरी र कुटपिट कसुरमा समेत संलग्न रहेको खुल्न आएका उनलाई आवश्यक कानुनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय दाङ पठाइएको उक्त ब्युरोले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.