नगर प्रमुखसहित १६ जनामा कोरोना देखिएपछि नगरपालिका बन्द

नगर प्रमुखसहित १६ जनामा कोरोना देखिएपछि नगरपालिका बन्द

सन्धिखर्क : अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका नगर प्रमुखसहित १६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि माघ ८ गतेसम्म नगरपालिका बन्द हुने भएको छ। नगरप्रमुख कमलप्रसाद भुसालसहित १५ जनामा कोरोना देखिएपछि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु माघ ८ गते सम्मका लागि बन्द गरिएको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए। 

नगर प्रमुख कमलप्रसाद भुसाललाई कोरोना देखिएपछि सन्धिखर्क नगरपालिकाको स्वास्थ्य शाखाले सोमबार ५७ जनामा एन्टिजेन्ट परिक्षण गरेको थियो। १७ जनामा एन्टिजेन परिक्षण गर्दा १५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य शाखा प्रमुख पूर्णप्रसाद पराजुलीले बताए। 

नगरपालिकाद्धारा जारी गरिएको सूचनामा सन्धिखर्क नगरकार्यपालिकाको निर्णय अनुसार माघ ४ गतेदेखि लागु हुनेगरी माघ ७ गतेसम्म नियमित कामज तथा सेवा बन्द गर्ने निर्णय भएको हो। माघ ८ गते शनिबार परेको छ। माघ ९ गते आइतबारदेखि नगरपालिकाको नियमित कामकाज हुनेछ। 

साथै नयाँ भेरियन्टसहितको जोखिम सन्धिखर्क नगरपालिकाभित्रमा पनि देखिन सक्ने भएकाले उच्च सर्तकता अपनाउन नगरपालिकाले नगरवासिमा अनुरोधसमेत गरेको प्रमुख प्रशासकीय अधिकृत अर्यालले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.