नेपाल आइडल : उत्कृष्ट १२ को दमदार भिडन्त

नेपाल आइडल : उत्कृष्ट १२ को दमदार भिडन्त

काठमाडौं : नेपाल आइडल–४ को कार्यक्रममा गत बिहीबारशुक्रबार उत्कृष्ट १२ प्रतियोगीले दमदार प्रस्तुति दिएका छन्। नेपाल आइडलको भब्य मञ्चमा दोस्रो समूहका प्रतियोगीहरूको बेग्लै उत्साह देखिन्थ्यो। 

कार्यक्रमको सुरुवातमै ‘गल्ती हजार हुन्छन्’ भन्दै सुरेश लामाले मनोरञ्जन दिएका थिए। सेतो कोटमा कालो पाइन्टको ड्रेसले उनको प्रस्तुतिलाई निकै आर्कषक बनाएको थियो। उनले आइडलको मञ्च नै प्रेमिल बनाएका थिए। उनको प्रस्तुतिपछि तीनै जना जजहरूले उभिएर ताली बजाइरहे। उपस्थित सहभागीले पनि उनको गायकीको प्रशंसा गरिरहे। गत मंसिर २३ गतेदेखि एपीवान टेलिभिजनमा प्रशारण भएको नेपाल आइडल–४ गाला राउन्डमा प्रवेशसँगै टप १२ ले उत्कृष्ट प्रस्तुति दिँदै आएका छन्। 

बिहीबारको कार्यक्रममा ६ जनाले प्रस्तुति दिएका थिए भने शुक्रबार बाँकी ६ जनाले गाएका थिए। सुरेशपछि उपस्थित भइन्, बेनिसा पौडेल। गुन्यूचोलीमा सजिएकी उनले ‘फूलफूलमा पात पातमा पोखुजस्तो लाग्छ जोवन’ बोलको गीत गाएकी थिइन्। नेपाल आइडलमा सहभागी हुनु अघि नै उनले ३५ वटा गीत रेकर्ड गराइसकेकी छन्। यस्तै ‘परानै दिन्छु’ बोलको गीत गाएर कार्यक्रमलाई नै प्रेमिल बनाए, राजकुमार परियारले। सुमिन पाख्रिनले ‘सधैँसधैँ’ बोलको गीतलाई न्याय गरिन्। 

भूपेन्द्र थापाले ‘यो मन त मेरो नेपाली हो’ भन्दै देशभक्तिले ओतप्रोत भएको गीत सुनाए। उनको प्रस्तुतिले पनि वाहवाही कमायो। ‘सम्बोधन तिमीलाई’ बोलको गीतमा विश्वास उप्रेतीले वजनदार आवाज दिए। निर्णायकहरूले प्रतियोगीको कला र गलाको प्रशंसासँगै कमीकमजोरी पनि औंल्याएका थिए। हरेकको प्रस्तुतिसँगै उनीहरूको सांगीतिक संघर्ष र परिचय पनि प्रस्तुत गरिएको थियो। कार्यक्रममा नेपाल आइडल–३ की विजेता सज्जा चौलागाई पनि उपस्थित थिइन्। उनले पनि कार्यक्रममा छोटो गीत प्रस्तुत गरिन्। 

अर्को सातादेखि उत्कृष्ट १२ मध्ये सबैभन्दा कम भोट पाउने प्रतियोगी बाहिरिने नेपाल आइडलका प्रोजेक्ट हेड सुरेश पौडेलले जानकारी दिए। ‘गाला राउन्डमा हरेक हप्ता एक जना बाहिरिन्छन्। अबको निर्णय दर्शकको भोटमा नै निर्भर रहने छ’, उनले भने, ‘जसले उत्कृष्ट प्रदर्शन गरेर दर्शकको मन जित्छ ऊ नै नेपाल आइडल–४ को विजेता बन्नेछ।’ 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.