अफगानिस्तानमा भुकम्प : २६ जनाको मृत्यु

अफगानिस्तानमा भुकम्प : २६ जनाको मृत्यु

काबुल : सोमबार पश्चिमी अफगानिस्तानमा भुकम्प गएको थियो । भुकम्पमा परी २६ जनाको मृत्यु भएको छ। भूकम्पमा ज्यान गुमाउने २६ जनामध्ये पाँच महिला र चार बालबालिका छन्। त्यहाँका स्थानीय अधिकारीहरुका अनुसार भुकम्पले सयौं घरहरु भग्नावशेष भएका छन्। 

तुर्कमेनिस्तानको सिमानामा रहेको पश्चिमी प्रान्त बाडघिसमा सोमबार दिउँसो ५‍.६ म्याग्निच्युटको भुकम्प गएको थियो। त्यहाँ इँटाले बनेका घरहरुमा धेरै क्षति पुगेको स्थानीय सञ्चार माध्यममा राखिएका तस्बिरहरुमा देखिन्छ। 
 

उक्त क्षेत्रमा भीषण वर्षा पनि भएको थियो।
 राज्यको आपतकालीन मामिला मन्त्रालयको आपतकालीन अपरेशन सेन्टरका प्रमुख मुल्लाह जनान साकेले मृत्यु हुनेको संख्या पुष्टि गर्दै ७०० भन्दा बढी घरमा क्षति पुगेको बताएका सीएनएन समाचारमा उल्लेख छ। 

भूकम्पको केन्द्रबिन्दु ३० किलोमिटर (लगभग १९ माइल) गहिराइमा रहेको युरोपेली भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्रले जनाएको छ । एजेन्सी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.