भारतमा कोरोना संक्रमण घट्यो, निको हुने दर बढ्यो
नयाँ दिल्ली : भारतमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण दर दुई दिनयता कम देखिएको छ। पछिल्लो २४ घन्टामा २ लाख ३८ हजार १८ जनामा संक्रमण देखिएको छ। सोमबार २ लाख ५८ हजार बढीमा संक्रमण देखियो थियो। सोमबारको तुलनामा मंगलबार २० हजार कम संख्यामा संक्रमण देखिएको हो।
आइतबार २ लाख ७१ हजार बढीमा संक्रमण पुष्टि भएको थियो। संक्रमणदर घटेसँगै निको हुनेको संख्यामा वृद्धि भएको छ। पछिल्लो २४ घन्टामा थप १ लाख ५७ हजार ४२१ जना कोरोनामुक्त भएका छन्। यो सहित भारतमा निको हुनेको संख्या ३ करोड ५३ लाख ९४ हजार ८८२ पुगेको हो।
सोमबार मात्रै १ लाख ५१ हजार ७४० जना कोरोनामुक्त भएका थिए। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट ३१० जनाले ज्यान गुमाएका छन्। सोमबार कोरोनाबाट ३८५ जनाको मृत्यु भएको थियो।भारतमा हाल सक्रिय संक्रमितको संख्या १७ लाख छ।
मन्त्रालयका अनुसार भारतमा कोरोनासँगै नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण तीव्ररुपमा फैलिरहेको छ। हालसम्म ८ हजार ८९१ जना ओमिक्रोनबाट संक्रमित भएका छन्। पछिल्लो २४ घन्टामा ओमिक्रोन संक्रमण ८.३१ प्रतिशतले बढेको हो।