यमनमा साउदी नेतृत्वको घातक हमलामा १२ बढीको मृत्यु

यमनमा साउदी नेतृत्वको घातक हमलामा १२ बढीको मृत्यु

साना : साउदी नेतृत्वको गठबन्धनले यमनमा गरेको हवाई हमलामा कम्तीमा १२ मानिसको ज्यान गएको छ । गठबन्धनले यमनको राजधानी सानामा मंगलबार बिहानै गरेको घातक आक्रमणमा परि कम्तीमा १२ मानिसको ज्यान गएको हो ।

इरान नेतृत्वको पुर्व सेनाको गृह क्षेत्रलाई लक्षित गरी सो आक्रमण गराएको बताइएको छ । सो आक्रमणमा करिब १४ मानिसको ज्यान गएको प्रारम्भिक रिपोर्टले देखाएको छ ।

हुथी बिद्रोहीले युनाइटेड अरब एमिराट्स युएईको आबुधामीमा ड्रोन आक्रमण गरेको भोलीपल्ट साउदी नेतृत्वको गठबन्धनले सो क्षेत्रमा घातक हमला गरको हो । सन् २०१४ को अन्त्यमा हुथी बिद्रोहीले यमको राजधानी र उत्तरी यमनमा कब्जा जमाएपछि यमनका राष्ट्रपति अब्द रब्बु मानसौर हादीले सरकार छोडेका थिए ।

हादीको सरकार पुनर्स्थापना गराउन साउदी अरबिया र युएईले सन् २०१५ मा यमनको युद्धमाथि हस्तक्षप गरेका थिए । युएईले सन् २०१९ मा यमनमा आफ्ना सैनिक तैनाथ गराएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.