विदेशबाट आएका व्यक्तिलाई बन्धक बनाउने पक्राउ

विदेशबाट आएका व्यक्तिलाई बन्धक बनाउने पक्राउ

काठमाडौं : विदेशबाट फर्किएका सिराहाका रामेश्वर रामलाई अपहरणगरी बन्धक बनाउने तीन जना पक्राउ परेका छन्। महानगरिय प्रहरी परिसर काठमाण्डौका प्रवक्ता दिनेशराज मैनालीका अनुसार सिराहाका ३० वर्षीय रामेश्वर गत असोज ८ गते विहान ७ बजे दुबईबाट फर्किएका थिए। उनी बल्खुस्थित होटल कन्चनजङ्गामा बसेका थिए।

होटलमै बसेको अवस्थामा नचिनेका व्यक्ति आई उनलाई अपहरणगरी काठमाडौं-२७ ज्याठामा रहेको होटल प्लेजर होमको कोठामा लगेर कुटपिट गरेका थिए। ज्यान मार्ने धम्की दिँदै चुरोटका ठुटाले पोलेर यातना दिएका थिए। उनको झोला र मोबाइलसमेत लिगेका थिए। 

उनी होटलबाट भागेर प्रहरीको सम्पर्कमा गएर जाहेरी दिएका थिए। घटनाको अनुसन्धान गर्ने क्रममा अपहरण तथा बन्धक कार्यमा संग्लन काठमाण्डौ तारकेश्वर-८ का संजोग राई, सोहि ठाउँका रमेश अर्याल र मकवानपुरगढी-५ घर भै हाल कामनपा-१६का गोकुल घिमिरे पक्राउ परेका छन्। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.