बर्दियामा श्रृंखलाबद्ध लुटपाट मच्चाउने गिरोह उपर कारवाहीको मागगर्दै ज्ञापनपत्र

बर्दियामा श्रृंखलाबद्ध लुटपाट मच्चाउने गिरोह उपर कारवाहीको मागगर्दै ज्ञापनपत्र

गुलरिया : सुनचाँदी पसल लुटपाट गर्ने गिरोह पत्ता लगाई कारवाहीको मागगर्दै बर्दियाका सुनचाँदी ब्यवसायीले जिल्ला प्रशासन कार्यालय बर्दियामा ज्ञापनपत्र बुझाएका छन्। बर्दिया सुनचाँदी ब्यवसायी संघको नेतृत्वमा जिल्लाका व्यवसायीहरुले दोषी माथि कडाभन्दा कडा कारवाहीको मागगर्दै प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाएका हुन्।

ज्ञापनपत्र बुझाउँदै बर्दिया सुनचाँदी व्यवसायी संघका अध्यक्ष हर्के सुनारले पुष २२ गते बर्दियाको ठाकुरबाबा नगरपालिका-९ बग्नाहास्थित शिव सुनारको नारायण सुनचाँदी पसलबाट राती १ बजेको समयमा सटर फोडी घरभित्र पसी १३ लाख ७१ हजार रुपैयाँ बराबरको सुनचाँदी तथा नगद लुटपाट भएको बताए। ठाकुरबाबामा भएको घटना एकसाता नबित्दै बढैयाताल गाउँपालिका-८ शितला बजारस्थित

र्दिया सुनचाँदी पसलको घरमा पसी घरका परिवारलाई कुटपिटगरी बन्धक बनाई ४ लाख ५५ हजार रुपैयाँ बराबरको नगद तथा गरगहना लुटपाट भएको घटनाले आफूहरु मर्माहत भएको बताए। जिल्लामा लुटपाटका घटना श्रृखलाबद्ध हुनु जिल्लाको शान्ति सुरक्षा कमजोर भएको ठहरगर्दै अविलम्ब आपराधिक कृयाकलाप नियन्त्रणसँगै घटनामा संलग्नलाई पक्राउ गरी कारवाहीको माग ब्यवसायीहरुको छ।

आफूहरुको माग सम्बोधन नभए कडा भन्दा कडा आन्दोलन गर्ने चेतावनी ज्ञापन पत्रमा दिईएको छ। ज्ञापन पत्र बुझ्दै बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले अपराधी गिरोह पत्ता लगाउन पहल गर्ने प्रतिवद्धता ब्यक्तगर्दै यस्ता कृयाकलाप नियन्त्रणका लागि मिडियालगायत आम नागरिकलाई सहयोग गर्न अपिल गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.