हतार गर्दा बढ्यो दुर्घटना

हतार गर्दा बढ्यो दुर्घटना

काठमाडौं : नेपालको भौगलिक बनावट र सडकको अवस्थाले धेरै सवारी दुर्घटना भएका छन्। तर, यो मात्रै दुर्घटनाको मुख्य कारण होइन भन्ने देखाउँछ प्रहरीको तथ्यांक र अनुसन्धानको रिपोर्टले। मानिसको हतार गर्ने बानी नै अहिले दुर्घटनाको मुख्य कारण बन्ने गरेको छ।

‘दुर्घटना विभिन्न प्रकृतिले हुन्छ। पछिल्लो पटक हामीले धेरै अध्ययन गर्‍यौं। चालक र यात्रुको हतारो पन नै दुर्घटनाको मुख्य कारण भेटेका छौं। जसलाई हामीले दुर्घटनाको प्रकृति हेरेर विश्लेषण गरेका हौं,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सञ्जीव शर्मा दास भन्छन्।

सडकमा हिँड्दा र सवारी चलाउँदा पनि मोबाइल चलाउने। हतारमा सवारी दौडाउने र अधिकांश समय मोबाइलमा हुने कुरामा ध्यान दिएका कारण सहरी क्षेत्रमा सवारी दुर्घटना बढ्दै छन्। प्रवक्ता शर्माका अनुसार पैदल यात्रु अज्ञानताका कारणभन्दा पनि हतारकै कारण दुर्घटनामा धेरै पर्छन्। चालकको हतारो पनले गति बढाएकै कारण सवारी दुर्घटना बढ्दैछ। ‘हामी हरेक समय हतारमा दौडिएका हुन्छौं। उदाहरणका लागि तपाईंले उपत्यकाको सडकमा एकैछिन उभिएर हेर्दा थाहा पाउनुहुन्छ, त्यहाँ सबै तनावमा नै दौडिएका हुन्छन्,’ उनले भने, ‘आखिर यस्तो हातार गर्ने कुरा केही हुँदैन। बिस्तारै गरे पनि हुनेमा हामी हतारिन्छौं।’

अझै रोचक त के छ भने, प्लेन चड्ने ठाउँमा पनि ठेलमेल चलेकै हन्छ। ‘जाने एउटै जहाजमा हो तर, टिकट काउन्टरदेखि जहाजमा चढ्नु अघि बसमा पनि हतारमा चढेको देखिन्छ,’ प्रवक्ता सञ्जीव शर्मा दास भन्छन्। ‘बसको काम यात्रु ओर्सानु हो। छिटो कुदाउनु पर्ने बाध्यता के छ ?’ शर्मा प्रश्न गर्छन् र भन्छन्, ‘छिटो पुगेर मोबाइल चलाउने त होला।’ यस्तै कारणले पछिल्लो समय दुर्घटना ह्वात्तै बढेको छ। ‘यसले मानिसको मृत्यु मात्रै होइन उसको परिवारमा समेत गहिरो चोट पर्छ। गम्भीर घाइते भएकाको जिन्दगी नै कष्ठकर हुने गरेको छ,’ प्रवक्ता शर्मा भन्छन्। 

काठमाडौंमा यस्ता घटना अझै उच्च छ। गत वर्ष सानो ठूलो गरी १६ लाख सवारी काठमाडौंमा थिए। यो वर्ष २ लाख २० हजार सवारी थपिएका छन्। दैनिक सयौं सवारी अत्याधिक गतिको कारबाहीमा पर्छन। प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार पछिल्लो तीन वर्षको अवधीमा सवारी दुर्घटनाकै कारण ७ हजार ५ सय ५१ जनाले ज्यान गुमाए। १५ हजार ४ सय ४४ जना गम्भीर घाइते भए।

सवारी दुर्घटना हुनुमा सबैभन्दा बढी भूमिका चालकको हुने तथ्याकंले देखाएको छ। चालकको लापरबाही पहिलो कारण हो। त्यसपछी क्रमशः तीव्रगती, यात्रुको गल्ती, ट्राफिक नियम उल्लंघन, मापसे, यान्त्रीक गडबडी, सडकको अवस्था, ओभरटेक, मोबाइल फोनको प्रयोग तथा मौसमको कारण पनि दुर्घटना हुनेगर्छ। 
सडकमा पशु तथा चौपायाको आगमनले पनि दुर्घटना हुने गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.