बलिउडका ५ महँगा डिभोर्स : एउटा डिभोर्सको ३८० करोडसम्म खर्च

बलिउडका ५ महँगा डिभोर्स : एउटा डिभोर्सको ३८० करोडसम्म खर्च

नयाँ दिल्ली: बलिउड सेलीब्रेटी आफ्नो प्रेम जीवनभन्दा आफ्नो सम्बन्ध विच्छेद र ब्रेकअपका समाचारले अधिक चर्चामा रहन्छन्। बलिउडमा जति चाँडो सम्बन्ध बन्दछ, त्यति नै चाँडो छुट्टिन्छ पनि। 

जस्तै हालसालै साउथ इन्डियाका चर्चित अभिनेता र रजनीकान्तका ज्वाइँ धनुषले आफ्नी श्रीमती ऐश्वर्यासँग अलग हुने घोषणा गरेका छन्। उनीहरु आपसी समझदारीबाट अलग हुँदैछन्। 

बलिउडमा यस्ता धेरै सेलिब्रेटी छन् जसले आफ्नो पार्टनरसँग अलग हुनको लागि चर्को रकम तिरेका छन्। तीमध्ये अधिक रकम खर्च गरेर सम्बन्ध बिच्छेद गर्ने ५ जोडीहरु निम्नानुसार रहेका छन्:

आमिर खान-रीना दत्त

आमिर खानले सन् १९८६ मा रीना दत्तसँग विवाह गरेका थिए। उनले परिवारको विरुद्धमा विवाह गरेका थिए। उनले सन् २००२ मा सम्बन्धविच्छेद गरे।  यस सम्बन्ध विच्छेदका लागि आमिर खानले ५० करोड रुपैयाँ तिर्नुपर्ने बताइएको छ।

सैफ अली खान-अमृता सिंह

सैफ अली खानले आफूभन्दा १३ वर्ष जेठी अमृता सिंहसँग विवाह गरेका थिए। सन् २००४ मा उनीसँग अलग भए। सैफ आफैँले एक अन्तर्वार्तामा उनीसँग ५ करोडको माग गरिएको बताएका थिए। यससँगै उनले बालबालिकाको हेरचाह गर्न महिनामा लाखौं रुपैयाँ दिने गरेका छन्।

ऋतिक रोशन-सुजैन खान

ऋतिक रोशन र सुजैन खानको सम्बन्धविच्छेद बलिउडको सबैभन्दा महँगो सम्बन्धविच्छेद थियो। ऋतिकले सुजैनसँग छुट्टिनका लागि उनलाई ३८० करोड दिएका छन्। तर, ४ सय करोडको माग गरिएको थियो।

फरहान अख्तर-अधुना भवानी

१६ वर्ष सँगै रहेपछि फरहान र अधुनाको सम्बन्ध टुट्यो। सम्बन्ध विच्छेदको सट्टामा उनकी श्रीमतीले मुम्बईमा १००० स्क्वायर फिटको बंगला मागेकी थिइन्। यससँगै फरहानले छोरीको हेरचाह गर्न अधुनालाई हरेक महिना ठूलो रकम दिन्छन्।

आदित्य चोपडा-पायल खन्ना

भनिन्छ, रानी मुखर्जीसँग विवाह गर्न आदित्य चोपडाले आफ्नी पहिलो पत्नी पायल खन्नासँग सम्बन्धविच्छेद गरेका थिए। सम्बन्ध विच्छेदपद्छि उनले ५० करोड दिएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.