भारतमा एकैदिन २ लाख ८२ हजारमा कोरोना संक्रमण , ४४१ जनाको मृत्यु

भारतमा एकैदिन २ लाख ८२ हजारमा कोरोना संक्रमण , ४४१ जनाको मृत्यु

नयाँ दिल्ली : भारतमा पछिल्लो २४ घन्टामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ४४१ जनाको मृत्यु भएको छ। योसहित भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ८७ हजार २०२ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २ लाख ८२ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन्।

सोमबार र मंगलबार भने संक्रमण दर कम देखिएको  थियो।

यस्तै पछिल्लो २४ घन्टामा थप १ लाख ८८ हजार १५७ जना कोरोनामुक्त भएका छन्। देशमा संक्रमण तीव्र  फैलिए पनि निको हुने दर भने बढिरहेको छ।

भारतमा पाँच राज्यमा सबैभन्दा बढी कोरोना संक्रमण देखिएको छ। कर्नाटकमा ४१ हजार ४५७ जनामा संक्रमण देखिएको छ। यस्तै महाराष्ट्रमा ३९ हजार २०७, केरलामा २८ हजार ४८१,तमिलनाडुमा २३ हजार ८८८ र गुजरातमा १७ हजार ११९ जनामा संक्रमण पुष्टि भएको छ।

भारतमा कोरोनासँगै नयाँ भेरियन्ट पनि तीव्ररुपमा फैलिरहेको छ। हालसम्म ओमिक्रोनबाट ८ हजार ९६१ जनामा संक्रमण देखिएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.