गठबन्धन बैठक : निर्वाचनसम्मै सहकार्य, बेथितिविरुद्ध भण्डाफोर

गठबन्धन बैठक : निर्वाचनसम्मै सहकार्य, बेथितिविरुद्ध भण्डाफोर

ओखलढुंगा : सत्ता साझेदार दलहरुको बैठकले ओखलढुंगामा गठबन्धन प्रभावकारी बनाउन एकजुट हुने निर्णय गरेको छ। सत्तारुढ दलहरुका जिल्लास्थित प्रमुख नेताहरु सहभागी बैठकले माघ १२ मा हुने राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेवारलाई मतदान गर्ने, विकासका योजनामा भएका आर्थिक अनियमितता र वेतिथिका विरुद्ध भण्डाफोर अभियान संयुक्त रुपमा चलाउने भएको हो।

गठबन्धलाई स्थायी र दिगो बनाउँदै निर्वाचनसम्मै गठबन्धन कायम राखेर विकास निर्माणका काममा सहकार्य गर्ने बैठकले निर्णय गरेको वैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष हंशराज वाग्लेले जानकारी दिए।

नेपाली काँग्रेसको जिल्ला कार्यालयमा भएको बैठकमा काँग्रेस जिल्ला सभापति तेजेन्द्र खनाल, उपसभापति कमल तामाङ, सचिव अजय लुइटेल, नेकपा माओवादी केन्द्रका नेता निशान्त शर्मा र गुणकुमार राई, एकीकृत समाजवादीका जिल्ला अध्यक्ष हंशराज वाग्ले, जनता समाजवादीका धीरेन्द्र रुम्दाली र खेमराज खड्का, राष्ट्रिय जनमोर्चाका धनराम श्रेष्ठ लगायत नेताहरु सहभागी थिए।

बैठकमा एमाले सरकारमा हुँदा बजेट परेका योजनामा अहिले व्यापक भ्रष्टाचार भएको, सांसदहरुको संरक्षणमा योजनामा कमिसन असुल्ने काम भइरहेको गुनासा आएकाले प्रभावकारी अनुगमन तथा भण्डाफोर अभियान चलाउने विषयमा छलफल केन्द्रीत भएको नेकपा माओवादीका प्रदेश सदस्य निशान्त शर्माले बताए।

स्थानीय तह र प्रदेश कार्यालयबाट भएका काममा अनियमितता भएको चौतर्फी गुनासो आएको अनियमितता मा जनप्रतिनिधि नै मुछिएको विषयमा आगामी बैठकमा थप छलफल हुने नेताहरुले बताएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.