भारतमा फेरि बढ्यो कोरोना संक्रमण : एकैदिन ३ लाखभन्दा बढीमा संक्रमण, ४९१ को मृत्यु

भारतमा फेरि बढ्यो कोरोना संक्रमण : एकैदिन ३ लाखभन्दा बढीमा संक्रमण, ४९१ को मृत्यु

नयाँ दिल्ली : भारतमा एकैदिन तीन लाखभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा ३ लाख १७ हजार ५३२ नयाँ कोरोना संक्रमित थपिएका छन्।

साथै भारतमा बिहीबार कोरोना संक्रमणबाट ४९१ जनाको मृत्यु भएको छ। २ लाख २३ हजार ९९० जना उपचारपछि निको भएका छन्।

हाल भारतमा सक्रिय संक्रमितको संख्या १९ लाख २४ हजार ५१ छ। योसँगै कोरोना पोजिटिभ दर १६.४१% पुगेको छ। हालसम्म भारतमा कुल ९ हजार २८७ जनामा ​​कोरोनाको ओमिक्रोन भेरियन्टबाट संक्रमण पुष्टि भएको छ । पछिल्लो एक दिनको तुलनामा कोरोना संक्रमितको संख्या ३.६ % बढेको हो। 

भारतमा बुधबार २ लाख ८२ हजारभन्दा धेरै संक्रमित भएका थिए भने ४४१ जनाको मृत्यु भएको थियो। सोमबार र मंगलबार भने संक्रमण दर कम देखिएको  थियो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.