मधेस प्रदेशमा एमाले-लोसपाको गठबन्धन

मधेस प्रदेशमा एमाले-लोसपाको गठबन्धन

जनकपुरधाम: मधेस प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले गठबन्धन गरेको छ। एमाले र लोसपाले संयुक्तरुपमा पत्रकार सम्मेलनको आयोजना गरी माघ १२ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनका लागि गठबन्धन गरिएको जानकारी गराइएको छ।

दुई दलीय सहमतिमा महिला समूहको उम्मेदवार लोसपालाई दिने र अन्य समूहको उम्मेदवार एमालेलाई दिने सहमति भएको छ। राष्ट्रियसभाका लागि लोसपाको तर्फबाट महिला कोटामा रुपाकुमारी यादवको उम्मेदवारी रहने जानकारी लोसपाको मधेश प्रदेशका सचेतक परमेश्वर साहले जानकारी दिए। त्यस्तै एमालेबाट अन्य समूहका उम्मेदवारी उस्मान अन्सारीको उम्मेदवारी रहने एमाले सचिव रघुवीर महासेठले बताए।

दुई दलले राष्ट्रियसभा निर्वाचनका लागि गठबन्धन गरेपनि मधेस प्रदेशमा सत्ता गठबन्धन नै मजबुत स्थितिमा देखिएको छ। मधेस प्रदेशमा प्रदेशसभा सदस्य, स्थानीय पालिकाका जनप्रतिनिधिहरु सत्ता गठबन्धनका बढिरहेकाले सत्ता गठबन्धन एमाले र लोसपाबिचको गठबन्धन पछि पनि मजबुत स्थितिमा छ।

मधेस प्रदेशमा कूल ९ हजार ८ सय १६ मतभार छ। सबैभन्दा बढी जसपाको २ हजार ९ सय ८८, नेपाली कांग्रेसको २ हजार ३ सय ७०, लोसपाको १ हजार ५ सय ६०, माओवादी केन्द्रको १ हजार १ सय ९४, एमालेको ९ सय ४२ र नेकपा एकीकृत समाजवादीको ७ सय ५० मतभार रहेको छ। मधेस प्रदेशमा गठबन्धनको मतभार ७ हजार ३ सय २ छ। एमाले-लोसपाको मिलाएर कूल मतभार २ हजार ५ सय २ मात्रै छ।

मधेस प्रदेशमा कूल २ सय ६८ मतदाता छन्। जसमा सबैभन्दा बढी कांग्रेसको ७९ मतदाता छन्। जसपाको ६४, माओवादी केन्द्रको ४५, लोसपाको ४२, एमालेको २९ र नेकपा एसको ७ मतदाता रहेको छ। अब मधेस प्रदेशमा २ सिटका लागि ४ जनाको उम्मेदवारीमात्रै रहने भएको छ। सत्ता गठबन्धनबाट अन्य समूहमा जसपाको खालिद सिद्धकी र महिला कोटाबाट माओवादी केन्द्रकी उर्मिला अर्यालको उम्मेदवार छन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.