कोरोनाविरुद्धको खोप लगाउनेलाई ५ सय युरोको चिठ्ठा

कोरोनाविरुद्धको खोप लगाउनेलाई ५ सय युरोको चिठ्ठा

भियना: अष्ट्रियाको सत्तारुढ सरकारले कोभिड १९ विरुद्धको खोप लगाउन प्रोत्साहन स्वरुप राष्ट्रिय चिठ्ठा प्रणाली लागु गर्ने घोषणा गरेको छ । सरकारले बिहीबार सो घोषणा गरेको हो । चिठ्ठा प्रणालीअन्र्तगत खोप लगाउने नागरिकले पुरस्कार स्वरुप सानो देखि ठुलो रकम प्राप्त गर्ने त्यहाँका चान्सलर कार्ल नेहम्मेरले अन्र्तराष्ट्रिय मिडियासँग बताएका छन् ।

खोप लगाउने नागरिकले कुपन प्राप्त गर्ने छन् भने हरेक कुपनमार्फत ५ सय युरो जित्नेछन् । खोप चिठ्ठा उपलब्ध गराउँदा नागरिकहरु खोप लगाउन प्रोत्साहित हुने अपेक्षा गरिएको छ । खोप नलगाउनेलाई भने ६ सय युरो जरिवाना गराइने बताइएको छ । सो नियम बिहिबार संसदले पारित गर्ने र केहि दिनभित्रमा लागु गरिने बताइएको छ । 

पश्चि युरोपेली मुलुक अष्ट्रिया कोभिड १९ विरुद्ध सबैभन्दा कम खोप लगाउने मुलुकमा गनिन्छ । अष्ट्रियाका ७२ प्रतिशत मानिसले मात्र कोभिड १९ विरुद्ध पुर्ण खोप लगाएका छन् । त्यहाँ ओमिक्रोन भेरियन्ट तिब्र रुपमा फैलिइरहेको छ भने सरकारले कोभिड नियन्त्रणका लागि लकडाउन नलगाउने बताइएको छ । 

चीन, रुस र इरानले हिन्द महासागरमा संयुक्त सैन्य अभ्यास गर्दै

दुबई चीन, रुस र इरानका नौसेनाले संयुक्त रुपमा सैन्य अभ्यास गर्ने भएका छन् । तीनै मुलुकका नौसेनाले शुक्रबार संयुक्त अभ्यास गर्ने भएका हुन् । इरानको सैन्य बलले अर्ध सरकारी मिडिया आइएसएनएमार्फत बिहिबार सो जानकारी दिएको हो ।

‘२०२२ मेरिन सेक्युरिटी बेल्ट’ नाम दिइएको तिनवटै मुलुकको सो संयुक्त सैन्य अभ्यास हिन्द महासागरको उत्तरी क्षेत्रमा हुने बताइएको छ । तीन देशका नौसेनाविच हुन लागेको सो संयुक्त अभ्यास तेस्रो पटक हो । सो सैन्य अभ्यास आगामी चार दिनसम्म चल्ने बताइएको छ । 

बेलायतले कोभिड १९ प्रतिबन्ध हटायो 

लण्डन बेलायत सरकारले कोभिड १९ विरुद्ध लगाएको प्रतिबन्ध हटाएको छ । सरकारले बिहिबारदेखि लागु हुने गरी कोभिड १९ प्रतिबन्ध हटाएको हो । बेलायतका प्रधानमन्त्री बोदरिस जोनसनले सो जानकारी दिएका हुन् । कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोनले देशभर चरम अवस्था पार गरिसकेका कारण सरकारले सो प्रतिबन्ध हटाउने निर्णय गरेको प्रधानमन्त्रीले बताएका छन् । 

सो निर्णयसँगै वर्क फ्रम होम र विद्यार्थीले कक्षा कोठामा अनिवार्य मास्क लगाउनु पर्ने लगायत नियम हटेको स्काई न्युजमा खबर छ । आगामी बिहिबारदेखि लागु हुने गरी सार्बजनिक स्थानमा मास्क लगाउनु पर्ने र साना ठुला सार्बजनिक कार्यक्रममाथि लागेको प्रतिबन्धसमेत हट्ने बताइएको छ । बेलायत सरकारले गएको डिसेम्बरदेखि कोभिड १९ विरुद्ध नयाँ प्रतिबन्ध लागु गरेको थियो । 

सन् २०२१ मा ५.५ बिलियन युरोको फ्रान्सेली स्याम्पेन बिक्री 

पेरिस गत वर्ष अर्थात् सन् २०२१ मा मात्र करिब ५.५ बिलियन युरो बराबरको फ्रान्सेली स्याम्पेन बिक्रि भएको छ । कोभिड १९ महामारीको प्रतिबन्धका बाबजुद गत वर्ष सो रकम बराबरको मदिराको प्रकार फ्रान्सेली स्याम्पेन बिक्रि भएको हो । 

स्याम्पेन निर्माता कम्पनीका अनुसार सन् २०२१ म करिब ३३२ मिलियन बोतल स्याम्पेन बिक्रि भएको थियो । जुन अघिल्लो वर्षको तुलनामा ३२ प्रतिशत बढिले बिक्रि भएको हो । कोभिड लकडाउनका बाबजुदसमेत विश्वभर २० प्रतिशत बढि फ्रान्सेली स्याम्पेन बिक्रि भएको त्यहाँको स्याम्पेन व्यापार संगठनले जनाएको छ । 

‘लकडाउन र कोभिड प्रतिबन्धको समयमा स्याम्पेनमार्फत घरमै कोरोना उपचार गर्ने र परिवारभित्रै रमाइलो गर्ने उदेश्यले ग्राहकको माग बढेको थियो । सोहि कारण गत वर्ष ठुलो मात्रामा स्याम्पेनको माग र  बिक्रि बढेको हुन सक्छ’ सो संगठनले स्थानिय मिडियासँग भनेको छ । 

रुसले युक्रेनमाथि हमला गर्ने बाइडेनको अनुमान

वासिङटन: अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमाथि हमला गर्ने अनुमान गरेका छन् । रुसले युक्रेनको छिमेकी मुलुक बेलारुसमा सैन्य अभ्यासका लागि आफ्ना सैनिक तैनाथ गरेपछि बाइडेनले सो अनुमान गरेका हुन् । ‘सैन्य अभ्यासको नाममा रुसको सैन्य बल युक्रनेको सीमा नजिकै बेलारुस पुगिसकेको छ । त्यसैले मलाई लाग्छ, रुसले पक्का युक्रेनमाथि घातक आक्रमण गर्नेछ’ ह्वाइट हाउसस्थित रिपोटरहरुसँग बाइडेनले भनेका छन् । 

यदि युक्रेनमाथि हमला गरेमा रुसले त्यसको गहिरो मुल्य चुकाउनुपर्ने चेतावनी समेत बाइडेनले दिएका छन् । युक्रेन सम्बन्धमा तनाव बढ्दै गएपछि सहयोगी मुलुकसँग बार्ताका लागि अमेरिकी विदेश सचिव एन्टोनी ब्लिंकन बिहिबार जर्मनको राजधानी बर्लिन पुगेका छन् । 

चर्चमा भागदौड मच्चिदा २९ धर्मावलम्बीको मृत्यु 

मोन्रोभिया: पश्चिम अफ्रिकी मुलुक लाइबेरियाको एक चर्चमा भागदौड मच्चिदाँ कम्तीमा २९ क्रिष्चियन धर्मावलम्बीको मृत्यु भएको छ । लाइबेरियाको राजधानी मोन्रोभियास्थित चर्चमा बुधबार राती भागदौड मच्चिदाँ कम्तीमा २९ धर्मावलम्बीको मृत्यु भएको हो । 

लाएबेरियाका सुचना मन्त्री जलवाह तोन्पोले बिहिबार सो जानकारी दिएका हुन् । सुचना मन्त्रीका अनुसार सो घटना राजधानीस्थित न्यु क्रु टाउनमा भएको हो । क्रिस्चियनहरुको पुजा कार्यक्रममा रातभर भागदौड मच्चिदाँ २९ क्रिस्चियन धर्मावलम्बीको ज्यान गएको हो । यद्यपि, घटनाको कारणबारे भने हालसम्म पुष्टि भइनसकेको अन्र्तराष्ट्रिय मिडियामा खबर छ । त्यहाँका अधिकारीहरु बिहिबार साँझ घटनास्थलमा पुग्ने बताइएको छ । 

ज्वालामुखी विस्फोटका कारण १० हजार किलोमिटर टाढाको तेल चुहिँदा क्षतिपूर्ति माग 

लिमा: टोङ्गा ज्वालामुखी विस्फोटका कारण करिब १० हजार किलोमिटर टाढा रहेको दक्षिण अमेरिकी मुलुक पेरुमा एउटा ट्यांकरबाट तेल चुहिएको छ । ज्वालामुखी विस्फोटपछि समुद्रमा अस्वभाविक रुपमा आएको छालले एक ट्यांकरबाट पेरुको समुद्रमा कच्चा पेट्रोलियम तेल चुहिएको हो । 

ज्वालामुखी विस्फोटका कारण आफ्नो समुद्रमा तेल चुहिएको पेरुको पछिल्लो इतिहासकै सबैभन्दा नराम्रो पर्यावरणीय विपद् भन्दै पेरुले त्यसको क्षतीपुर्ती माग गरेको छ । पेरुका प्रधानमन्त्री र त्यहाँको विदेश मन्त्रालयले तेल चुहिँदा आफ्नो सामुद्रीक र बाह्य वातावरण विगारेको स्पेनको सबैभन्दा ठुलो तेल सेवा रेस्पोलसमक्ष क्षतीपुर्ती माग गरेको हो । 

ला पाम्पिया प्रशोधन केन्द्रमा रहेको कच्चा तेल सार्ने क्रममा ज्वालामुखीको धक्काले ट्यांकर हल्लिदा करिब ६ हजार ब्यारेल तेल समुद्रमा चुहिएको बताइएको छ । जसका कारण त्यहाँको समुद्र र  तटिय क्षेत्रको वातावरण विगारेको बताइएको छ । सो तेल चुहिएपछि समुद्र र वरिपरिको क्षेत्र सफा गर्न आफुले ठुलो संख्यामा जनशक्ति परिचालन गरेको रेस्पोलले जनाएको छ । 

गएको शनिबार प्रशान्त महासागरस्थित ‘हुङ्गा टोङ्गा हुङ्गा हा’ आपाई ज्वालामुखी विस्फोटन भएको थियो । सो ज्वालामुखी विस्फोटको असर संसारभर परेको थियो । ज्वालामुखी विस्फोटपछि प्रभावित टोङ्गामा बिहिबार न्युजिल्याण्डबाट खानेपानी बोकेर पहिलो विदेशी सहायताको विमान पुगेको छ ।  

जेलभित्रै दर्जनौं महिला कैदीलाई बलात्कारको आरोपमा १५ वर्ष जेल 

किन्सासाः जेलभित्र दर्जनौ महिला कैदीलाई बलात्कार गरेको आरोपमा आरोपित कैदीलाई १५ वर्ष जेल सजाय सुनाएको छ । कंगोको अदालतले ५६ महिला कैदीलाई जेलभित्रै बलात्कार गरेको आरोपमा सो सजाय सुनाएको हो । 

सन् २०२० सेप्टेम्बरमा कंगोको राजधानी किन्सासास्थित कसापा कारागारभित्र दंगा भएको थियो । सो समयमा १० कैदिमार्फत तिन दिनमा ५६ महिला कैदी बलात्कृत भएका थिए । ति महिलामाथि निरन्तर रुपमा बलात्कार भएको थियो । बलात्कारपछि तीन महिला एचआइभी संक्रमित बनेका थिए भने जसमध्ये १६ महिला कैदी गर्भवती बनेका थिए । आरोपित कैदीलाई अदालतले दोषी ठहर गर्दै १५ वर्षको जेल सजाय सुनाएको हो । दोषी ठहर भएका हरेक आरोपित कैदीले प्रत्येक पिडित महिलालाई ५ हजार डलर जरिवानाको सजायसमेत सुनाएको छ । 

तालिवानको शासनपछि ५ लाख बढीले गुमाए जागिर 

काबुल: अफगानिस्तानमा तालिवानको नयाँ सरकार बनेपछि त्यहाँका ५ लाख भन्दा बढि मानिसले आफ्नो जागिर गुमाएका छन् । संयुक्त राष्ट्र संघको अन्र्तराष्ट्रिय श्रम संगठन (आइएलओ)का अनुसार त्यहाँका ५ लाख भन्दाबढि मानिसले आफ्नो जागिर गुमाएका हुन् । 

तालिवानले गएको अगष्टमा अफगानिस्तान कब्जामा लिएको थियो । अफगानिस्तान कब्जामा लिएको करिब १ महिनापछि तालिवानले आफ्नो सरकार गठन गरेको थियो । त्यसयता तालिवानले अधिकांशलाई जागिरबाट निकालेको र कतियले जागिर छोड्नुपरेको  ५ लाख बढि मानिसले आइएलओले जनाएको छ । 

बिहिबार अफगानिस्तानका उद्योगपतिहरुले अन्र्तराष्ट्रिय समुदायसँग अफगान फन्ड सार्बजनिक गर्न आग्रह समेत गरेका छन् । यदि अफगान फन्ड सार्बजनिक नगरिएमा त्यहाँका १५ लाखभन्दा बढि मानिस बेरोजगार हुने चेतावनीसमेत दिएका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.